काठमाडौंमा मौसम सफा, तराईमा हुस्सु र कुहिरो
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १५:७:२१
२७ पुस काठमाडौं । काठमाडौं उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावले केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको हो ।
विशेष गरी मध्य तथा पश्चिमका तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको छ । पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । आइतबार दिउँसो पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईमा भने हुस्सु र कुहिरो रहने छ । राति भने देशभर नै मौसम सफा रहने जनाइएको छ ।
विशेष मौसम बुलेटिन (Special Forecast Bulletin)
(जारी मितिः २०७६-०९-२७ समय: ०८:३०)
सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू-भागमा प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी पहाडी तथा तराईका केही भू-भागमा हल्का वर्षा हुने सम्भावना छ।
यस प्रणालीको प्रभाव देशको पश्चिमी भू-भागमा मंगलबार सम्म नै रहने हुनाले सतर्क रहनु हुन अनुरोध छ ।मंगलबार रातीबाट उक्त पश्चिमी न्युन चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने देखिन्छ।
तराईका केही ठाउँहरुका बिहान ७:3० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | 10.0 | 2००० |
नेपालगञ्ज | 8.० | 005० |
भैरहवा | 8.० | 05०० |
सिमरा | 9.0 | 05०० |
बिराटनगर | १1.० | ०050 |
जनकपुर | 10.0 | 0500 |
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २७ गते (आईतबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
पौष २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
पौष २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकोले हुसु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार