चोरी मुद्दामा फरार रहेका पक्राउ
Advertisement

२९ पुस काठमाडौं । सार्वजनिक सवारी साधनमा युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने युवकलाई चितवनबाट पक्राउ गरेको हो । तर हस्तमैथुन गर्ने युवक भने फरार रहेको प्रहरीले बताएको छ ।

गत वर्षको मंसिरमा राजधानीमा चल्ने सार्वजनिक बसमा एक युवकले हस्तमैथुन गरेर युवतीको कपालमा विर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भएको थियो । अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

Advertisement

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र प्रोनसाइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरेको हो ।

रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २र३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

Advertisement
Previous articleकञ्चनपुरमा ११ वटा छाउगोठ भत्काइयो
Next articleनेपाल प्रहरीद्वारा स्थानीय तहलाई सम्मान

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here