‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
नेपालबहस संवाददाता
पुस २९, २०७६ मंगलबार १७:३४:५६
हीरालाल गुरुङ / रासस
२९ पुस मुग्लिन । सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ । सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे ।
यसपछि बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिए विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखे ।
अध्यक्ष गुरुङले विधेयकलाई निर्णयर्थ प्रस्तुत गर्दै विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भने । सदस्यले हात उठाएर हुन्छ भने। सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरे। सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे ।
यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो । गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ ।
प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए ।
प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन् । प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल शुरु भएको छ ।
झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गरे । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए । गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो ।
चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता
झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो । वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाए ।
उनले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे। यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखे । यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार