अब ढुक्क हुनुस, चैतदेखि मोबाइल कल सस्तो हुुनेछ
Advertisement

२९ पुस काठमाडौं । के तपाई मोबाइलमा कल गर्दा धेरै पैसा खर्च भयो भनेर तनावमा हुनुहुन्छ ? यदि तेसो हो भने अब ढुक्क हुनुस सरकारले हालै जारी गरेको एउटा निर्दे्शिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी भएको छ ।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ’अन्तरआबद्धता निर्दे्शिका २०७६ चैत २० गतेदेखि लागु हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

निर्दे्शिका किन?

Advertisement

दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ । त्यसमा लाग्ने शुल्कलाई अन्तरआबद्धता शुल्क भनिन्छ ।

इन्टरनेटको प्रयोग बढेसँगै पीएसटीएन भनिने ल्यान्डलाईन फोन वा मोबाइलबाट हुने कलमै कमी आउन थालेपछि कतिपय देशले यस्तो शुल्क नै हटाएको जानकारले बताएका छन् । नेपालमा भने मोबाइल कलको मूल्य क्रमशस् कम गर्ने सरकारी नीति अनुसार यस्तो शुल्क कम हुने गरी निर्दे्शिका ल्याइएको अधिकारीहरू बताउँछन् ।

अन्तरआबद्धता शुल्क कति हुन्छ ?

उक्त निर्दे्शिका अनुसार मोबाइलबाट मोबाइलमा र फिक्स्ड लाइनबाट मोबाइलमा गरिने कलका लागि पहिले तोकिएको भन्दा निकै कम अन्तरआबद्धता दर निर्धारण गरिएको छ । अर्यालका अनुसार अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्ने छ । चैत २० सम्म यस्तो कलको दर प्रतिमिनेट ५४ पैसा रहने छ ।

तर प्राधिकरणले एउटा सञ्जालबाट अर्को सञ्जालमा फिक्स्ड लाइनबाट फिक्स्ड लाइनमै वा मोबाइलबाट फिक्स्ड लाइनमा गरिने कलको दर भने पहिलेको भन्दा बढाएको छ । यस्तो कलको दर पहिले १४ पैसा प्रतिमिनेट रहेकोमा अब २० पैसा प्रतिमिनेट बनाइएको छ । अहिले फिक्स्ड लाइन फोनको प्रयोगमा निकै कमी आएको र नेपाल टेलिकम बाहेकका सेवाप्रदायकसँग त्यस्तो सेवा पनि नभएकाले यो व्यवस्था गरिएको अधिकारीहरू बताउँछन् ।

अहिलेको शुल्क

अधिकारीहरूका अनुसार अहिले नेपाल टेलिकमको सञ्जालबाट अन्य सेवाप्रदायकका सञ्जालको प्रिपेड मोबाइलबाट फोन गर्दा प्रतिमिनेट एक रुपैयाँ ५० पैसा शुल्क लाग्ने गर्छ । पोस्टपेडका हकमा भने एक रुपैयाँ मात्र रहेको छ । यो निर्दे्शिका लागु भएपछि प्रिपेडको प्रतिमिनेट एक रुपैयाँ छ पैसा र पोस्टपेडको ६६ पैसा प्रतिमिनेट शुल्क पर्ने भएको छ ।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा लागिरहेकोमा शुल्क घटेपछि चाहिँ दुई रुपैयाँ १० पैसा मात्र लाग्ने अधिकारीहरूले जानकारी दिए ।

विदेशबाट कल गर्दा सस्तो पर्ने

वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गुनासो गर्दै आएका छन् । तर नयाँ निर्दे्शिका लागु भएपछि त्यसमा केही कमी आउने अधिकारीहरूको दाबी छ ।  उनीहरूका अनुसार निर्दे्शिकामा पहिलोपटक विदेशबाट गरिने कलको अन्तरआबद्धता शुल्क पनि तोकिएको छ ।

निर्दे्शिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ । हरेक वर्ष उक्त दर घट्दै जाने उक्त निर्दे्शिकामा उल्लेख छ । त्यस अनुसार आगामी आठ वर्षपछि त्यस्तो दर एक रुपैयाँ ८० पैसा मात्र हुनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्