ह्यारी र मेगनलाई ब्रिटिश महारानीको पूर्ण रूपमा समर्थन
Advertisement

२९ पुस एजेन्सी । ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन् । भावी भूमिका सम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ‘केही समय’ दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन् ।

महारानी एलिजाबेथले नयाँ भूमिका सम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो ‘पूर्ण रूपमा’ समर्थन रहेको बताइन् । यद्यपि उनले भनेकी छन्, म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो ।

शाही वार्ता

Advertisement

ह्यारी र मार्कलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तारत छन् । केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।

एउटा वक्तक्यमार्फत्‌ महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्रेम्ब्रिज समेत सहभागी वार्ता ‘निकै रचनात्मक’ रह्यो । उनले भनेकी छन्, ‘मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन शुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौँ ।’

उत्तराधिकारको क्रम

महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिन भनेको बताएकी छन् ।

बीबीसीका अनुसार महारानीको तर्फबाट यो एकदमै स्पष्ट तथा अनौपचारिक र करिब व्यक्तिगत वक्तव्य हो । उनी थप्छन्, ह्यारी र मेगनको कदमप्रति दुःख मनाउ गर्नु स्वाभाविक छ किनभने यी दम्पती विद्यमान भूमिकामै रहून् भन्ने उनको चाहना थियो ।

तर उनले के स्पष्ट पारेकी छन् भने ह्यारी र मेगन थप आत्मनिर्भर दम्पती हुने भए पनि उनीहरूले राजपरिवारका सदस्यका रूपमा महत्त्व पाइरहने छन् । भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन् । अमेरिकी टेलिचलचित्र सूट्सुमा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन् ।

राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष सोभ्रिन ग्र्यान्टुबाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन् । औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्र्यान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ ।

ह्यारी र मेगनको सम्बन्ध

ह्यारी र मेगन

  • ८ नोभेम्बर २०१६ – केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरी राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको जानकारी
  • २८ नोभेम्बर २०१७ – ह्यारी र मेगन विवाहका लागि तयार भएको भनाइ
  • १५ डिसेन्बर २०१७ – केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी
  • १९ मे २०१८ – ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान
  • १५ अक्टोबर २०१८ – केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी
  • ६ मे २०१९ – मेगनको कोखबाट छोरा आर्चीको जन्म
  • ८ ज्यानुअरी २०२० – परिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here