शनिबार , कार्तिक १५, २०७७

अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ !

अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ !

२ माघ एजेन्सी । एक अध्ययनका अनुसार कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने गरेकाे प्रतिवेदन सार्वजनिक भएको छ । अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरुकाे २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन् ।

यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी रोकिंदैन । जब कि अधवैशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ । बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्ब सेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ ।

डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने उनी बताउँछन् । यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्ब निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अधवैशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो । अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय