सभामुखबारे टुंगो गर्न ओली प्रचण्ड वार्ता गर्दै
नेपालबहस संवाददाता
माघ ३, २०७६ शुक्रबार १९:७:२७
३ माघ काठमाडौं । सभामुख पदमा त्रिपक्षीय छिनाझप्टी बढेपछि सत्ताधारी दलमा विवादको हल खोज्न नेताहरुलाई ठूलै सकस भएको छ । साथै त्रिपक्षीय भिडन्तमा परेकाहरुको साटो चौथो व्यत्तिको पोल्टामा सभामुख पद पुग्ने संभावना पनि बढेर गएको छ ।
यही प्रसंगमा अहिले सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको जानकारी बालुवाटार स्रोतले दिएको छ । सत्य निरुपण तथा बेपत्ता छानबीन आयोग गठन गर्ने सम्वन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल सकिए लगत्तै ओली र प्रचण्ड अर्काे चरणको वार्तामा जुटेका छन् ।
गत शनिबार सचिबालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिएपछि दुई अध्यक्षबीच तिक्तता बढेको थियो । जसले गर्दा पाँच दिनसम्म दुबै नेताबीच सम्वादविहिनताको अवस्था थियो । तर हिजो अध्यक्षद्वयले संवादको थालनी गरेका छन् ।
हिजो भएको वार्तामा ओलीले आफ्नो अडान कायमै राखेपनि पुनर्विचार गर्न सकिने संकेत गरेका थिए । पाँच दिनसम्मको पर्ख र हेरको अवस्थामा प्रचण्डले सचिवालयमा आफू विरुद्ध बहुमत जुटाउने संकेत गरेपछि प्रधानमन्त्री समेत रहेका ओली थोरै लचिलो बनेका हुन् । तर प्रचण्डले भने जस्तै अग्निप्रसाद सापकोटालाई नै सभामुख बनाउने बारेमा भने ओली सहमत नहुने निकटस्थ स्रोतको दावी छ ।
हिजोको छलफलमा पनि प्रधानमन्त्री ओलीले अझै समस्याको हल खोज्ने जिम्मेवारी तपाईंकै हो भन्दै प्रचण्डलाई भनेका थिए– मलाई समेत विश्वासमा लिएर एउटा टुंगोमा पुग्नुहोस्, तपाई नै पार्टीको कार्यकारी अध्यक्ष पनि हो । ओलीको उक्त भनाइलाई प्रचण्डले सकारात्मक अर्थमा लिएका छन् । हिजो साँझ प्रचण्डले आफू निकट नेताहरुलाई खुमलटारस्थित निवासमा बोलाएर सापकोटाको विकल्पमा कस्लाई उमेदवार बनाउने भनेर सामान्य राय लिएका थिए ।
प्रचण्ड निकट स्रोत भन्छ – अब नयाँ सभामुखका लागि चर्चित नेतृ पम्फा भूषाललाई अघि सार्ने तयारी भएको छ । यसका लागि गृहमन्त्री रामबहादुर थापा बादलको पनि जोडबल रहेको छ । पूर्व एमाले पक्षले पनि पम्फाको नाममा ठूलो आपत्ति नजनाउने आंकलन गरिएको हो । तर ओली निकट स्रोत भने त्यस्तो अवस्था नआउने दावी गर्छ । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सभामुख आफूलाई सहज हुने मानिस नै राख्न दवाव दिदैं बरु त्यसको बदला राष्ट्रियसभाको अध्यक्ष र दुईजना मन्त्री पूर्व माओवादी पक्षलाई दिन सकिने प्रस्ताव गर्नु भएको हो ।
उक्त प्रस्तावलाई प्रचण्डले सकारात्मक रुपमा लिनु भएको र संभवतः आज त्यसै पेरिफेरीमा निकास खोजिनेछ – स्रोतले भनेको छ । नयाँ थपिने मन्त्रीमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत हुने संभावना रहेको पनि उक्त स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार