एनआरएनए सल्लाहकारले कतारमा छाडा बोलेपछि….
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १४:४१:२४
५ माघ दोहा । गैरआवासिय नेपाली संघ ‘एनआरएन’ का सल्लाहकार टीबी कार्की बिरुद्द आईसीसीमा उजुरी परेको छ । कार्कीले रक्सी खाएर तमु समाज कतारले गत डिसेम्बर २७ मा सम्पन्न ल्होसारको कार्यक्रममा रक्सी खाएर छाडा बोलेको भन्दै तमु समाजले कार्कीलाई कारबाही गर्न माग गर्दै एनआरएन आसीसीमा उजुरी गरेको हो । तमु समाजले कार्कीलाई कारबाहीको माग गर्दै उनको अभद्र, असभ्य र निकृष्ट ब्यवहारको निन्दा र भर्त्सना समेत गरेको छ ।
एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष समेत रहेका कार्कीलाई बर्तमान अध्यक्ष कुमार पन्तले अध्यक्ष जिताउन सहयोग गरेको भन्दै सल्लाहकारमा मनोनित गरेका थिए । अक्टोबर २० तारिक बसेको बैठकले कार्कीलाई सल्लाहकारमा मनोनित गरेको हो ।
तमु समाज कतारले कार्कीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । नेपालबहस डटकमलाई प्राप्त उक्त पत्रमा कार्की रक्सीले मातेर बेहोस अवस्थामा कार्यक्रम स्थलमा प्रबेश गरेका थिए । कार्यक्रम चलिरहेको अवस्थामा उनी एक्कासी आवेशमा आई जथाभाबी बोल्न शुरु गरे । उनले उपस्थित बिशेष अतिथीहरु र उनीहरुका श्रीमतीको नाम लिदै अपश्ब्द बोले ।
उनलाई एनसीसी कतारका पूर्व अध्यक्ष कमलमणी गुरागाइँले कार्यक्रमस्थलबाट बाहिर लगेका थिए । ‘एनआरएन आईसीसीको सल्लाहकारले यस्तो शब्दहरु बोल्लान भन्ने लागेको थिएन, उपस्थित मध्ये एकले भने, मान्छे हदै गिर्दो रहेछ । ‘एनआरएन कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले समेत कार्कीको ब्यवहारको निन्दा गर्दै छानबिन गर्न एनआरएन एनसीसीलाई पत्र लेखेका छन् ।
एनआरएन कतारले कार्कीलाई ४ महिनासम्म कुनैपनि कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा नगर्ने र अतिथि नबनाउने बारे समितिमा चर्काे बहस चलेकाे छ । आईसीसी अध्यक्ष कुमार पन्त कार्कीलाई बचाउन आफु निकट कार्यकर्तामार्फत लबिंग गरिरहेको बुझिन्छ । एनआरएन आईसीसीको २ दिने बैठक १८ र १९ तारिकमा पोखरामा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार