भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार २२:२१:१४
९ माघ काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो ।
एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू डायमण्डले आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१३ अङ्कले पराजित गरेको हो । महिला भलिबलको फाइनल खेल शुक्रबार हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महिला भलिबलतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार