धान खरिद बन्द, किसान निराश
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १९:२:३४
१३ माघ वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् ।
कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरिद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् ।
एकाबिहानै ट्र्याक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित कम्पनीको शाखा कार्यालयमा पुग्दा धान खरिद गर्न बन्द गरेको थाहापाएपछि निराश भई घर फर्केका वीरगञ्ज महानगरपालिका–२४ रामगढवा किसान विजय पण्डितले भने, “कार्यालयले एकाएक धान खरिद गर्न बन्द गरेपछि हामीले सस्तो दरमा निजीस्तरका गल्ला व्यापारीलाई बेच्नुपर्ने बाध्यता आइपुगेको छ ।”
अचानक सो सूचना प्रकाशित गरी धान खरिद स्थगित गरे पनि अहिले पनि सो कार्यालयमा दैनिक तीनदेखि ६ सय क्विन्टल धान बिक्री गर्न किसान आउने गरेको छ । तर धान खरिदको काम बन्द भएपछि किसान निराश भई घर फर्किन बाध्य भएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।
जिरा मन्सुली पाँच हजार क्विन्टल तथा सोना मन्सुली २० हजार क्विन्टल गरी कूल २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा कार्यालयले जिरा मन्सुली ३२ क्विन्टल २५० केजी तथा सोना मन्सुली १९ हजार ९९९ क्विन्टल २० केजी खरिद गरिसकेको छ ।
निजी गल्ला व्यापारीले जीरा मसिनो धानप्रति क्विन्टल तीन हजार २० रुपैयाँमा खरिद गर्ने गरेको छ भने कार्यालयले सो धान प्रतिक्विन्टल तीन हजार एक सयमा खरिद गर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार