छोरी शिक्षा विमा, १० दिनमा ५ हजार छोरी विमित
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार २०:६:५४
१३ माघ जनकपुरधाम । प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर मार्फत हाल सम्म ५ हजार भन्दा बढी छोरी विमित भएकी छिन ।
२०७५ माघ १ गते यता जन्मीएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बाटै अभियान संचालन गरिएपनि प्रभावकारी हुन नसके पछि गत एक वर्षमा जन्मीएका सबै छोरीको विमा गर्ने उद्देश्यका साथ संचालित शिविर मार्फत माघ १० गते सम्म पाँच हजार ४० छोरीले विमा गराएका हुन ।
शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बिमा गराएको छ । विमाका लागि आवश्य जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा वुवा मध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६-६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फैत सबै प्रक्रिया पुरा गर्ने गरि व्यवस्था गरेको छ ।
शिविरमा प्रभु र्बैकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ। माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगंजका साथै आठ वटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुन पहिलो साता सम्म प्रत्येक स्थानीय तहमा संचालन हुने छ । शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ।
यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाइ रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार