सामाजिक कार्यमा एकजुट युवा
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १९:३०:३३
१४ माघ स्याङ्जा । पुतलीबजार नगरपालिका ११ का युवाहरु सामाजिक कामका लागि एक जुट हुन थालेका छन् । जिल्लाकै नमुना वडा बनाउन यहाँका युवाहरु एकजुट हुन थालेका हुन् । करेण्डाडा जैसीडाडा सामाजिक सेवा समाज नामक संस्था स्थापना गरेर युवाहरु वडालाई सामाजिक, आर्थिक र भौतिक रुपले सम्पन्न बनाउन लागेका छन् ।
संस्था मार्फत युवाहरुलाई गोलबन्द गर्दै आफ्नो वडालाई नमुना सगै जिल्लालाई नै नमुना बनाउने अभियानमा लागेको संस्थाका अध्यक्ष ईश्वर बन्धु अर्यालले बताए । पहिला आफु अनि समाजलाई बनाउनु पर्छ भन्ने हाम्रो अभियान हो अध्यक्ष अर्यालले भने,“युवालाई विग्रन दिनुभन्दा युवाले समाज बनाउनुपर्छ भन्ने उदेश्य हाम्रो हो ।” बेरोजगारका कारण युवाहरु बिग्रदो अवस्था देखेर हामीले संस्था मार्फत युवालाई गोलबन्द गरेर सामाजिक कार्यमा लगाउन लागेका हौं उनले भने ।
सानातिना विकासका लागि पनि सरकार निकाय धाउन पर्ने झन्झटलाई ध्यानमा राखेर कोष खडा गर्ने अभियानमा जुटेको उनले बताए । पहिलो प्रथामिकताका लागि वडामा एउटा एम्वुलेन्स संचालन गर्ने अभियानमा जुटेको अर्यालले बताए । जिल्लाभरी कार्यक्षेत्र रहेको समाजिक संस्थाले लागुऔषध, जुवातासको न्युनिकरण अभियान सगै टोल सरसफाई, विभिन्न समाजिक सुधारका तालिमहरु प्रदान गर्ने उदेश्य रहेको छ ।
१३ जना कार्य समिति रहेको संस्थाको उपाध्यक्षमा विशाल बावु पराजुली, सचिव भुपेन्द्रराज क्षेत्री, सह—सचिव रामकृष्ण सापकोटा, कोषाध्यक्ष अजय अर्याल रहेका छन् । सदस्यहरुमा अर्जुन अर्याल। सिर्जना थापा, सुर्य केसी, उपेन्द्र अर्याल, दिनेश अर्याल, किशोर अर्याल र शंकरकान्त अर्याल रहेका छन् ।
सुधन अर्याल, अर्जुनबन्धु अर्याल र अमर बहादुर पराजुलीलाई संस्थाको संरक्षकमा मनोनयन गरेको संस्थाले जनाएको छ । आर्थिक पार्दशिताका लागि संस्थाले तिन सदस्य लेखा समिति समेत मनोनयन गरेको छ । शिव अर्यालको संयोजकत्वमा लेखा समिति गठन गरेको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
जेठ १, २०८१ मंगलबार
आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
जेठ १, २०८१ मंगलबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार