सरकारले अघि सारेको ‘हरेक दिन एक कदम’ अगाडि
नेपालबहस संवाददाता
माघ १७, २०७६ शनिबार ३:१:३२
१७ माघ इटहरी । नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट आजदेखि प्रसारण सेवा शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत केन्द्र उद्घाटन गर्दै एनटिभी इटहरी प्रसारण केन्द्रले प्रदेश १, २ दुई तथा सिङ्गो राष्ट्रको समृद्धिमा टेवा पु¥याउने आशा व्यक्त गरे ।
नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट बटन थिचेर आज उद्घाटन गरे। अहिले सरकारले अघि सारेको ‘हरेक दिन एक कदम’ अगाडि भन्ने सरकारको लक्ष्यलाई यसले सघाउ पु¥याउने आशासमेत व्यक्त गरे । केन्द्रले नेपालको पूर्व क्षेत्रकाधार्मिक, सांस्कृतिक विशिष्टतालाई उजागर गर्ने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रमका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो क्षमता, दक्षता र योग्यताका आधारमा मात्र मर्यादित र गुणस्तरीय पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । नेपाल टेलिभिजनले अब केही समयपछि अङ्ग्रेजी भाषामा एनटिभी वल्र्ड च्यानलका रुपमा चौबीसै घण्टा प्रसारण गर्न लागेको जानकारी पनि उनले दिए ।
“एनटिभीलाई सशक्त सञ्चारमाध्यमको रुपमा स्थापित गरिने छ, अब देशलाई डिजिटल रुपान्तरण गरिने छ, धरानमा डाटा सेण्टरसमेत बनाइने छ”, उनले भने । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले इटहरी च्यानल एनटिभीको पाँचौँ च्यानल भएको बताउँदै केन्द्रले स्वायत्त निकायका रुपमा प्रसारण सेवा पु¥याउने उल्लेख गरे । महाप्रबन्धक गोविन्द रोकाले केन्द्रले उच्चस्तरीय उपकरणका साथ प्रसारण सेवा दिने बताए।
कार्यक्रममा प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले इटहरीलाई स्मार्ट सिटी बनाइने बताए। सांसद सर्वध्वज साँवा र इन्दु गौतम, धरान उपमहानगर प्रमुख तिलक राई तथा इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले एनटिभी प्रसारणको सफलताको शुभकामना व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार