पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी
नेपालबहस संवाददाता
माघ १८, २०७६ शनिबार १२:३८:१४
१८ माघ एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ । उनीबीच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
यसै महिनाको शुरुमा बर्लिनमा भएको लिबियासम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार भएको सम्झौतालाई कार्यान्वयन गर्ने बारेमा पनि नेताहरूले छलफल गरेको जनाइएको छ ।
क्रेमलिनद्वारा जारी वक्तव्यका अनुसार राष्ट्रपति पुटिनले लिबियाका राजनीतिक पार्टी र सरोकारवालाहरुसँग समन्वय गर्न आवश्यक रहेकोमा जोड दिए । उनीहरुसँग समन्वय गरिएमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सजिलो हुने पुटिनले बताएको वक्तव्यमा उल्लेख गरिएको छ ।
दुवै तर्फका नेताहरुले लिबियामा शान्ति र स्थायित्वका लागि राजनीतिक वार्ता अत्यावश्यक भएकोमा जोड दिए । पुटिन र मर्केलले युक्रेन र सिरियाको अवस्था, प्यालेस्टायन र इजरायलको द्वन्द्वका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनाका बारेमा पनि छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार