त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप
नेपालबहस संवाददाता
माघ १९, २०७६ आइतबार १६:२८:३३
१९ माघ मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए ।
देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुएका थिए । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल प्रथमस्थान हासिल गर्न सफल भएका हुन्। राना र तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गरेका थिए। प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय भएका थिए । फ्रिस्टाइलमा रञ्जन कँडेल प्रथम, सुमन तामाङ द्वितीय र मोहन राना तृतीय भएका थिए ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृृद्धि गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यहाँ देशविदेशबाट समेत रिभरगाइड तालीम लिन आउने गरेको भन्दै ¥याफ्टिङ र यससम्बन्धी खेललाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले भ्रमण वर्षको अवसरमा गाउँपालिकाले शुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताए ।
नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवद्र्धक इच्छाकामना गाउँपालिका रहेको थियो । इच्छाकामना–३ फिस्लिङस्थित त्रिशूली नदी ¥याफ्टिङ र यससम्बन्धी प्रतियोगिताका लागि महत्वपूर्ण मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार