सेनाको तीन पिन्ट रगतले बचायो सुत्केरीको ज्यान
नेपालबहस संवाददाता
माघ १९, २०७६ सोमबार ३:२१:१८
१९ माघ खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भइन् । उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ओ पोजिटिभ रगत आवश्यक प¥यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।
गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा रगत उपलब्ध गराइदिन निवेदन दिएलगतै गणमा कार्यरत सिपाही व्य।नं २३२७८६ प्युठ निङ्दावा शेर्पा, व्य।नं २४७८९५ सि। सन्तोषकुमार तामाङ र व्य।नं २६१००२ सि। नरबहादुर सलामी मगरले एक-एक पिन्ट गरी तीन ओ पोजिटिभ पिन्ट रगत प्रदान गरी सुत्केरी र बच्चाको ज्यान जोगाउन सफल भएको नन्दाबक्स गण जुम्लाका सह सेनानी विशान कार्कीले बताए ।
गण जुम्लामा तैनाथ भएपश्चात स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा यस गणमा कार्यरत करिब २८ जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको सह सेनानी कार्कीले बताए ।
रगत अभाव
प्रतिष्ठानमा रगत बैंक नहुँदा प्रतिष्ठानमै कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीले यहाँका प्रसूति महिला र ‘सर्जरी’ का बिरामीलाई चाहिए जति रगत दिने गरेका छन् ।
बाहिरबाट कुनै संस्था वा व्यक्तिले रक्तदान नगर्दा प्रतिष्ठानमा रगतको अभाव भएको प्रतिष्ठानका ल्यावप्रमुख विकेक पुन मगरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार