विद्युत् चुहावट : ५० मिटर जफत, ८५ जना पक्राउ
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार २:४०:१५
२० माघ हेटौँडा । विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको विद्युत् वितरण केन्द्र टाँडीले जनाएको छ । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।
विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत रु सात करोड उठाउने गरेको छ ।
कार्यालयले सामाजिक काम शुरु गरेको छ । कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर प्रदान गरेको छ । गत आर्थिक वर्षमा सो कार्यालयले ३०० विद्युत् मिटर निःशुल्क वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि निःशुल्क विद्युत् मिटर वितरण प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै कार्यालयले त्यहाँ आउने सेवाग्राहीलाई अप्ठ्यारो पर्न नदिन एकद्वार प्रणलीबाट सबै काम सम्पन्न गराउने तयारी भइरहेको प्रमुख श्रीवास्तवले बताए ।
कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफरमर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ । टाँडीका स्थानीयवासी रामप्रसाद आचार्यका अनुसार कार्यालयको काम विगतको तुलनामा अत्यन्त सरल र सहजका साथै चुस्तदुरुस्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार