ईपीएललाई आईसीसी मान्यता
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १८:४६:५७
२३ माघ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ ले मान्यता दिलाएको छ ।
आयोजक ईपीएल क्रिकेटले आगामी चैतमा हुने प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ । ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ ‘क्यान’ ले समेत स्वीकृति दिएको छ ।
चौंथो संस्करणको ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्स ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै यस संस्करणको ईपीएलमा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट खेल्नेछन् । वेष्ट इण्डिजका अर्का क्रिकेटर ड्वाने स्मिथले भैरहवा ग्लाडीयटर्सबाट खेल्नेछन् ।
श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट खेल्दा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उमेदवार
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार