कांग्रेसको अवरोधपछि संसद बैठक मंगलबारसम्म स्थगित
Advertisement

२३ माघ काठमाडौं । पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ।

सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । कांग्रेसले सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रबार सम्मका लागि स्थगित गरेका छन् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्