लागूऔषध कारोबारीहरु अपराधी होइनन महाअपराधी हुन्
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार १३:३९:५९
२४ माघ रुपन्देही । नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजारमा संचालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्र उद्घाटन भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीबार आयोजित कार्यक्रमवीच उक्त केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याले विकराल रुप लिइरहेको अवस्थामा समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप नेपाल प्रहरीले स्थानीय तहसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए। उक्त परामर्श केन्द्रको माध्यमबाट सामाजिक अभियन्ताहरुले गाउँगाउँमा गई लागूऔषध विरुद्ध सूचना तथा कार्यक्रमहरु गर्नको लागि ठुलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
विगत १५ वर्षे इतिहासमा सबैभन्दा धेरै लागूऔषध बरामद तथा संलग्न व्यक्तिहरु पक्राउ गर्न नेपाल प्रहरी सफल भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै स्थानीय तह तथा समुदायको सहयोग, सहकार्य एवम् सामूहिक प्रयासमा लागूऔषध दुर्व्यसनीबाट समाज मुक्त हुनसक्ने उल्लेख गरे ।
लागूऔषध करोबारी विरुद्ध कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई प्रहरी अझ आक्रामकरुपमा प्रस्तुत भइरहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘लागूऔषध कारोबारीहरु अपराधी मात्र नभएर महाअपराधी हुन् । यिनीहरुलाई नियन्त्रण गर्ने मात्र होइन अब निस्तेज पार्नुपर्छ ।’
कानून कार्यान्वय गर्ने क्रममा सबै निकायहरु निर्भिक भएर काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले सूचना संयन्त्रलाई मार्ग प्रशस्त गर्न नेपाल प्रहरी र जनतावीच सार्वजनिक सुनुवाईको माध्यमबाट अपराधलाई न्यूनीकरण गर्नेतर्फ अगाडि बढ्नुपर्ने, हाल प्रहरी र नागरिकवीच समन्वय हुँदा नागरिकहरु प्रष्टरुपमा प्रहरी कार्यालयमा आई अपराधको सूचना दिने क्रम बढेको चर्चा गरे । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाएमा समाज अपराध रहित बन्न सक्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा ५ नम्बर प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले परामर्श केन्द्रले प्रभावकारी रुपमा काम गरेमा समाजलाई समृद्धितर्फ अगाडि बढाउन सकिने उल्लेख गर्दै यस कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न आफूहरु तत्पर रहेको बताए । उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले परामर्श केन्द्रबाट गरिने सेवालाई अझ प्रभावकारी रुपमा अगाडि बढाई अपराधरहित समाजको निर्माणमा ठुलो योगदान पुग्ने बताए ।
लागूऔषधको कुलतबाट आक्रान्त समाजलाई सुधार गरी समृद्धितर्फ लैजान सँधै अग्रसर रहने तथा नेपाल प्रहरी र स्थानीय तहवीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी ढंगले परिचालन गरी बुटवल नगरक्षेत्रलाई अपराधमुक्त नगरको रुपमा परिचित गराउने अभियानमा आफूहरु लागेको उनले चर्चा गरे ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले परामर्श केन्द्र संचालनको औचित्यबारे जानकारी गराएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अमर सहिद प्रहरीका राष्ट्रिय अध्यक्ष रिता सेन र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले समेत कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, बुटवलस्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार