जे रोप्यो त्यही फल्छ
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार २१:५०:२१
सम्पादकीय
२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणका दोषी उपर मुद्धा लगाएर चर्चा त कमायो, तर आलोचनामुक्त भने हुन सकेन ।
साना माछा मात्र मार्ने विगत भन्दा यस पाला ठूलै आँट गरेको भान पारेपनि वाह–वाह भन्ने खालको स्याबासी भने पाउन सकेको छैन । कारण सबैलाई थाह छ – सत्ताको राप र तापबाट अख्तियार पदाधिकारी प्रभावित भए । अख्तियारले मूलतः दुईटा पक्षमा गम्भिर त्रुटी गरेको सबैले अनुभव गरेका छन् । एउटा मन्त्रिपरिषदको नीतिगत निर्णयको अपव्याख्या र अर्काे एउटै कसुरमा दुई थरि नजीर कायम ।
मन्त्री र सचिव टिप्पणी उठाएर निर्णयका लागि मन्त्रिपरिषद लैजानेहरु दोषी तर त्यही टिप्पणी अनुसारको फाइल सदर गर्ने प्रधानमन्त्री र मुख्य सचिव चाहीँ निर्दोष मानिने ? यो गम्भिर त्रुटी गर्नुपर्ने वाध्यता अख्तियारका पदाधिकारीलाई किन पो पर्यो होला ? त्यसैले अख्तियारतिर मानिसको औंला ठडिएका छन् । अर्काे, सरकारी जग्गा किन्ने सबैलाई फिर्ता गर्न मुद्धा चलाइने तर आफैं फिर्ता गर्छु भनेका भरमा दुई जना प्रभावशाली व्यक्तिलाई भने उन्मुक्ति दिने निर्णय आफैंमा विवादित र दोषपूर्ण छ ।
यस्तो दोहरो मापदण्ड तयार गर्ने छुट अख्तियारलाई कीमार्थ छैन । त्यसैले ठूला माछा मार्दा पनि अख्तियारको टिमले वाह–वाही पाएको छैन । स्वयं अख्तियारमै कार्यरत पदाधिकारीले यी प्रश्नको छाति फुलाएर सामना गर्न सकिरहेका छैनन् । हुन त जे रोप्यो त्यही फल्ने प्राकृतिक नियमले यहाँ पनि काम गरेको छ । राजनीतिक पार्टीका कारिन्दालाई कोटा बनाएर भागबण्डा गर्ने प्रचलनले ल्याउने विकृति यस्तै हो । त्यसैले यसलाई स्वभाविक मान्नु पर्ने हुन्छ ।
पूर्व नेकपा एमाले कोटाबाट अख्तियार पुगेका अहिलेका पदाधिकारीले गर्ने काम यही हो । मालिक भक्ती गर्ने काम हरेक प्राणीले गर्छ नै । सोही बमोजिम नेकपा निकट नेताहरुलाई अनेक नाटक मञ्चन गरेर भएपनि जोगाइएको छ ।
अख्तियारको पूर्वाग्रही निर्णयको सांकेतिक रुपमा विरोध जनाउन एउटा बैठक रोक्दा हुनेमा भावनामा बग्ने गल्ती गरेको थियो । ढिलै भएपनि त्यो गल्ती सच्चिएको छ । अब भने कुनै पनि विषयमा गम्भिरतापूर्वक सोचेर मात्रै निर्णय गर्ने सद्वुद्धि समेत कांग्रेसमा पलाउनु पर्ने भएको छ ।
यस विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले सडक र संसद् अवरुद्ध गरेको छ । हिजो पदाधिकारी नियुक्त गर्दा कांग्रेस नेताहरुले भागबण्डा गरेकाले नै यो अवस्था आएको यथार्थ हो । हिजोको गल्तीले गर्दा आजको दूरावस्था भोग्नु परेको चेत कांग्रेस नेतामा खुलेको छैन ।
अख्तियारले पूर्वाग्रह राखेर मुद्धा चलाएको विषय अब मसिना केटाकेटीले समेत बुझेका छन् । तर समस्या भनेको कांग्रेसको बुझाइमा देखिएको छ । यो मुद्धा उठाउने उपयुक्त थलो कहाँ हो ? संसद ? पक्कै होइन । त्यसैले हिजो सम्पन्न कांग्रेस केन्द्रीय कार्य समिति बैठकले रणनीति फेर्न संसदीय दललाई आवश्यक निर्देशन दियो ।
लगत्तै आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अवरुद्ध नगर्ने निर्णय गर्यो । नेपाली कांग्रेस जस्तो लोकतन्त्रको ठेकेदार हुँ भन्ने पार्टी र यसका नेताले किन केटाकेटीपन देखाएका होलान् भनेर धेरैले प्रश्न गरेका थिए । अख्तियारको पूर्वाग्रही निर्णयको सांकेतिक रुपमा विरोध जनाउन एउटा बैठक रोक्दा हुनेमा भावनामा बग्ने गल्ती गरेको थियो । ढिलै भएपनि त्यो गल्ती सच्चिएको छ । अब भने कुनै पनि विषयमा गम्भिरतापूर्वक सोचेर मात्रै निर्णय गर्ने सद्वुद्धि समेत कांग्रेसमा पलाउनु पर्ने भएको छ ।
अख्तियार पूर्वाग्रही भएकै हो, त्यसको प्रतिकार अब संविधान बमोजिम न्यायलयबाट खोज्नु नै बुद्धिमत्ता हो । बरु अब संबैधानिक निकायमा भने व्यावसायिक र निष्पक्ष पदाधिकारी चयन गर्ने परम्परा बसायौं भने मात्र सुधार हुन सक्छ ।
अहिले कांग्रेसले खेपेको मुद्धा भोलि नेकपाले व्यहोर्नु पर्ने हुन सक्छ । त्यसैले नेताहरुले यो सन्दर्भमा भने सहमति खोजेर जाने सोच र शैली तयार गर्नु पर्छ, अनि मात्र लोकतन्त्रको जय हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार