ढोरपाटन महिला भलिबलको उपाधि एपीएफलाई
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार १:४१:४४
२९ माघ काठमाडौं । पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको लिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले पराजित गरेको हो ।
एपीएफ लगातार दोस्रो वर्ष सो प्रतियोगिताको च्याम्पियन बनेको हो । एपीएफले पुलिसलाई २५–२१, २५–२१ तथा २५–१९ अङ्कले पराजित ग¥यो । चौध खेलमा ४१ अङ्क बनाउँदै एपीएफ विजेता बनेको हो । यस्तै १४ खेलमा ३९ अङ्क जोडेको पुलिस उपविजेता बन्यो । उपाधिसँगै एपीएफले रु चार लाख पाँच हजार तथा उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त ग¥यो ।
लिगमा आर्मी क्लब तेस्रो तथा न्यु डायमण्ड स्पोर्टस् क्लब चौथो भयो । आर्मीले रु एक लाख पाँच हजार तथा डायमण्डले रु ७५ हजार पुरस्कार जितेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले न्यु डायमण्डलाई २५–२१, २५–१४ तथा २५–१४ अङ्कले पराजित गरेको थियो । लिगमा पाँचौँ भएको चितवन टाइगर्सले रु ५५ हजार तथा छैटौँ भएको बुलबुल राराले रु ४५ हजार पुरस्कार प्राप्त ग¥यो । ढोरपाटन स्पोर्टस् क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीले भाग लिएका थिए ।
आर्मीकी सोफिया सर्वोकृष्ट खेलाडी
पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबलमा त्रिभुवन आर्मीकी सोफिया पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबकी सलिना श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ पुरस्कार प्राप्त गरिन् । उनले पनि पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन् ।
नेपाल पुलिस क्लबकी उषा भण्डारीले उदीयमान खेलाडी तथा एपिएफकी बिनिता बुढाथोकीले ‘ग्रेट एचिभमेन्ट अवार्ड’ प्राप्त गरिन् । दुवै जनाले एक÷एक थान स्कुटर प्राप्त गरे । प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले समेत एक थान मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे ।
यसैगरी एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक, न्यु डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर तथा पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले जनही रु सात हजार पुरस्कार प्राप्त गरे ।
विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार