ढुक्क हुनुस, एमसीसी कार्यान्वयन हुन्छ !
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १९:४०:२६
१ फागुन काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्याक्ट ( एमसीसी ) लाई तमासा बनाउन खोजिएको भन्दै असन्तुटी व्यक्त गरेका छन् ।
सरकारी निवासमा आज नौ वाम दलका तर्फबाट बुझाइको ज्ञापन पत्र लिंदै उनले भने – अढाई वर्ष अघि भएको सम्झौताबारे अहिले अध्ययन कार्यदल बनाएर तमासा गरिएको स्वीकारे । नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसीबारे छानबीन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ ।
यस्तो गैरजिम्मेवार शैलीले हाम्रो अन्तराष्ट्रिय विश्वसनीयता नै कमजोर बनाउने पनि उनले बताए । एमसीसी सैन्य प्रयोजनका लागि पनि नभएकाले अनुमोदन गर्नु पर्ने कुरामा उनले जोड दिए । आगामी पाँच वर्षमा सम्पन्न हुने एमसीसीले मुलुकको पूर्वाधार विकासमा बल पुग्ने भएकाले अनुमोदनमा ढिलाई गर्न नहुने पनि उनले बताए । प्रजातन्त्र , मानव अधिकार तथा स्वतन्त्रतासँग समेत जोडिएको एमसीसीलाई अस्वीकार गर्दा नेपालको लोकतान्त्रिक छविमा समेत असर गर्ने भएकाले अमेरिकी सहयोग स्वीकार गर्नु पर्ने उनको तर्क थियो ।
लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकले मात्र प्राप्त गर्ने यो सहयोगले हाम्रो अन्तराष्ट्रिय छवि पनि राम्रो बनाउँछ – उनले भने –हामी सत्तामा नभएका बेला गरिएको सम्झौताबारे अध्ययन गरेको हौं , कुनै कैफियत छैन । कुनै पूर्व सर्त नराखी दिइएको सहयोग उपयोग गरी सडक र विद्युतीय ट्रान्समिसन लाइन निर्माण गर्नु पर्ने उनको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, वायुप्रदूषण तह बढेर शिर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार