‘तपाई भोकै हुनुहुन्छ, थिमि आउनुस्, हामी निःशुल्क खाना खुवाउँछौँ’
Advertisement

२ फाल्गुण, काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन गरिएको प्रथम सडक खाना महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएको छ ।

महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन साँझपख पर्यटकको घुइँचो लागेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ र मदिरा व्यवसायी संघले यही फागुन १ गतेदेखि जिल्लामै पहिलोपटक सडक खाना महोत्सवको आयोजना गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका जिल्ला अध्यक्ष नुमराज अधिकारीले बताए।

विभिन्न परिकारका खानाका स्वाद लिन र राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा रमाउन पनि आन्तरिक पर्यटकको घुइँचो लागेको बताउँदै उनले भने, “नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्नु हाम्रो दायित्व हो, महोत्सवले पश्चिम नवलपरासीलाई पर्यटकीय जिल्लाका रुपमा प्रवद्र्धन गर्नेछ, यस क्षेत्रका धार्मिक, प्राचीन तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने, स्थानीय खानाका परिकार प्रवद्र्धन गर्ने, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धन गर्ने तथा वस्तु तथा सेवा व्यापारको विस्तार गर्दै रोजगारी, राजश्व र उद्यमशीलताको विकास गर्ने हाम्रो उद्देश्य हो ।”

Advertisement

दिउँसो ४ः०० बजेदेखि राति १० बजेसम्म महोत्सवमा भीड लाग्ने गरेको छ । एकै ठाउँमा विभिन्न थरिका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस भएको पर्यटकले बताएका छन् । अन्य समयमा साँझपख सुनसान हुने बर्दघाटको हाटबजार लाइनमा अहिले साँझपख विशेष रमझम देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न एवं स्थानीय मौलिक खाद्यवस्तुको प्रवद्र्धन हुने अपेक्षा राखिएको महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने र रु दुई करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको मदिरा व्यवसायी संघका जिल्ला अध्यक्ष मुक्ति श्रेष्ठले बताए।

उनले भने, “आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि महोत्सवमा परम्परागत मौलिक, जातिगत खाद्य परिकारका स्टल, स्थानीय स्रोतमा आधारित दूधजन्य खाद्यपदार्थ, मासुजन्य एवं औषधिजन्य परिकारका स्टलका साथै राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा प्रचलित परिकार प्रदर्शन गरिएको छ ।” परम्परागत संस्कृति झल्कने एवं भेषभूषाको प्रदर्शन, स्थानीय जाति विशेषका खानाका परिकार, स्थानीय खाद्य सामग्रीको प्रदर्शनी तथा प्रवद्र्धन, स्थानीय एवं राष्ट्रिय कलाकारको प्रस्तुतिले आन्तरिक पर्यटकको आकर्षण बढेको आयोजकको दाबी छ ।

Advertisement
Previous articleसांसद् उपाध्यायको निधन, प्रमको सम्बोधन रोक्न माग
Next articleसंसदीय समिति बैठकमा पत्रकारलाई रोक

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here