सिरहामा दुई हजार छोरीको बीमा
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार २१:४५:३९
२ फाल्गुण, काठमाडौं । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।
छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ । सिरहाका १७ स्थानीय तहमध्ये आजसम्म ११ स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा दुई हजार ४ सय ३ छोरीको बीमा गरिसकिएको जनाइएको छ ।
सिरहा नगरपालिकामा सबैभन्दा बढी ४ सय ९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए। सो नगरपालिकामा ४ सय ९०, कल्याणपुर नगरपालिकामा १ सय ९७, कर्जन्हा नगरपालिकामा २ सय २९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १ सय २० छोरीको बीमा गरिएको छ ।
यस्तै सिरहाको गोलबजार नगरपालिकामा ३ सय ८४, धनगढीमाई नगरपालिकामा २ सय ९४, बरियारपट्टी गाउँपालिकामा १ सय ५४, औरही गाउँपालिकामा १ सय ४२ गरी २०७५ माघ १ देखि जन्मिएका दुई हजार ४ सय ३ छोरीको बीमा गरिएको संयोजक विश्वकर्माले बताए। विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ ।
छोरीको बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकको नागरिकता र छोरी तथा अभिभावकका ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिव, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।
विसं २०७५ माघ १ पछि जन्मेका छोरीको रु एक लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पु¥याएको छ । शुरुमा २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरी रु एक लाखको बीमा मात्रै थियो, तर यो वर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पु¥याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले जानकारी दिए। छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म प्रदेश नं २ मा करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार