अब हरेक शनिबार कोरौँ ‘मुहार चित्र’ अभियान
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १९:१०:५४
नारायण ढुङ्गाना
४ फागुन काठमाडौं । क्यामराले एक सेकेन्डमा खिचिक्क पारेर खिचेको मावन मुहार त धेरैले देखेका छन् । प्रयोग पनि धेरै हुन्छ, तर जलरङले पनि दुरुस्तै मुहार उतारेको भने कमैले देख्छन् र प्रयोग पनि कमै भएको छ ।
मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेसा पनि रङबाट दुरुस्तै बनेका मुहार देख्नेहरु अनाँैठो मान्छन् । कसैका गालाका डिम्पल पनि हाँसिरहे झैँ लाग्छन् अनि कसैको उमेरले दिएको चाउरीपना उमेरसँगै हाँसे झैँ लाग्छन् ।
यस्तै मुहारका अनेक भावभङ्गिमा प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कागजमा दृष्य दुरुस्त कोर्नु सामान्य होइन । त्यसमाथि पनि जलरङ प्रयोग गर्नु अर्को चुनौती हो । स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति उतार्नुपर्छ । सिद्धहस्त कलाकारले बनाएको मुहार चित्र महङ्गो क्यामराले खिचेको तस्वीरभन्दा अब्बल र जीवन्त हुन्छ ।
अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका कलाकारले त्यही महत्वलाई जीवन्त बनाउने र महत्व झल्काउने प्रयास थालेका छन् । शनिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यलाई मोडल बनाएर मुहार चित्र बनाउने अभ्यास शुरु गरिएको छ । अब हरेक शनिबार कोरौँ ‘मुहार चित्र’ अभियान निरन्तर चल्ने छ ।
गोह्रो अनुहार, कालो सर्टमा माथि कालै धर्केकोट । सेतै फुलेको कपालमुनी उठेको निधार । चहकिला आँखामा चस्माको लेन्स । ओजिला कर्माचार्यको ढल्कदो उमेरको प्रतिक निधारमा परेका केही थान धर्सा । यी सबै विशेषता उतार्न कलाकारलाई हम्मेहम्मे नै प¥योे । कसैको ‘पोट्रेट’युक्त मुहार हुन्छ । त्यसैले केही सहज हुन्छ तर कसैको मुहार उतार्न निक्कै गाह्रो पर्छ । कर्माचार्य त्यही गाह्रो मध्येका एक परे । कुची चलाउँदै गयो एकातिर मिल्छ, अर्कोतिर मिल्दैन । कलाकार डिराम पाल्पाली नमिलेका मुहारका बान्की मिलाउन निकै मेहनेत र समय खर्च गरे । उनको मेहनतले ‘स्केच’ नै नउतारी कर्माचार्यको गम्दारी चित्र जलरङमार्फत कोर्नुभयो । दृष्य चित्रको सोख भएपनि युवा चित्रकारमध्ये पोट्रेटमा पाल्पाली एक अब्बल कलाकारमा गनिन्छन् ।
अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले शुरु गरेको साप्ताहिक मुहार चित्र बनाउने अभियानको पहिलो शृङ्खलामा समाजका अध्यक्ष एनवी गुरुङसहित चित्रकार लालकाजी लामा, दिपेन्द्रमान वनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिँला, कान्छाकाजी भासिमा र विनोद गुप्ता सहभागी थिए ।
चित्रकलाका विधामध्ये पोट्रेट चुनौतीपूर्ण विधा हो । दृष्यमा यताउता भएपनि त्यसले फरक पार्दैन । रङ मिलेपछि स्वीकार्य हुन्छ । चित्रकार पाल्पाली भन्छन्, “मुहार चित्रमा क्यारेक्टर आउनुपर्छ, त्यसमाथि जलरङमा बनाउनु त झनै चुनौतीपूर्ण हुन्छ ।”
नेपालमा मुहार चित्र कोर्ने माहोल छैन । एउटै विधा समाउने कलाकार पनि छैनन् । दृष्यचित्र बढी प्रचलनमा छ । धेरैका रुचि पनि त्यसैमा छ । मागअनुसार उनीहरुले नै मुहार चित्र बनाउने गरेका छन् ।
प्रकृतिमा गएर दृष्य चित्र बनाउने अभियान नेपालमा चलचल्तीको विधा हो । मुहार चित्रमा त्यो माहोल छैन । समाजका अध्यक्ष एनवी गुरुङले भने, “कलाकार पोट्रेटमा पारङ्गत देखिँदैनन, हामी आर्ट ग्ल्यामर थप्न चाहन्छौँ, त्यसैले मुहार चित्र किन नकोर्ने भनेर हामील शुरु गरेका हौँ, हाम्रो उद्देश्य कलाकारिताको ग्ल्यामर पस्किने हो ।”
‘चाइनिज कलाकार लि उही’ले केही महिना अघि इन्डोनेसीयामा मुहार चित्र बनाउँदा देखिएको क्रेजले पनि नेपाली कलाकारलाई साप्ताहिक शृङ्खलामा जोड्न हौसला प्रदान गरेको चित्रकार दीपेन्द्रमान बनेपाली सुनाउछन् ।
पश्चिमा मुलकुमा मुहार चित्र बनाउने सोख धेरै छ । अनुहार बनाउन पाए हुन्थ्यो भन्ने धेरै भेटिन्छन् । नेपालमा स्मरणका लागि केहीले आफ्ना दिवङ्गत अभिभावकको बनाउँछन् । छिल्लो समयमा कुनै विशेष महत्व वा विवाहको चित्र बनाउने माग बढ्न थालेको कलाकारको अनुभव छ ।
विदेशमा देखिएको आकर्षणलाई नेपालमा पनि भित्र्याउन सकिन्छ की भन्ने प्रयासस्वरुप साप्ताहिक कार्यक्रम ल्याइएको हो । आइडब्लुएसले मुहार चित्र बनाउन कलाकारलाई एक सुत्रमा बाँध्ने प्रयास गरेको भन्दै कुलपति कर्माचार्यले अभियानले निरन्तरता पाउने अपेक्षा रहेको बताए ।
कर्माचार्य पनि मुहार चित्रका अनुभवी कलाकार मानिन्छन् । उनले दशक अघि यस्तै कार्यशालामा तीर्थ श्रेष्ठ र रमेश ढुङ्गेलको चित्र बनाएका थिए । उनले विगतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत सयौँ विशिष्ट व्यक्तिका मुहार उतारेका छन् ।
“हामीकहाँ मुहारचित्र (पोट्रेट) को माहोल छैन, पोट्रेट बनाउने कलाकार मुस्किलले चार÷पाँच जना होलान्, उनीहरुले पनि अन्य विधा सँगसँगै लगिरहेका छन्, अब केही हुन्छ भन्ने आशा छ”, साप्ताहिक अभियानप्रति आशावादी हुँदै कर्माचार्यले भने । कलाकारमा चेतनाको अभाव रहेको उनको जिकिर छ ।
विगतमा यसरी मुहार चित्र फाट्टफुट् बने । बीस वर्षअघि सिर्जना ग्यालरीले एउटा कार्यक्रम गरेको थियो । त्यो बेला ऋणिकेश शाह र रमेश विकलको मुहार चित्र बनाइयो । चौध वर्षअघि २०६२ सालमा तत्कालिन कलाकार समाजका अध्यक्ष रमेशनाथ खनालको प्रयासमा राष्ट्रकवि माधव्रसाद घिमिरेको मुहार चित्र बनाइएको थियो । आइवी मल्ल र केके कर्माचार्यले बनाउने भनिए पनि मल्ल सहभागि नभएपछि कर्माचार्यले एक्लै बनाएको घिमिरेको मुहार चित्र अहिले पनि छ । जसले पोट्रेट बनाउन जान्दछ, त्यो कलाकार सक्षम मानिन्छ । अझै लाइभ बनाउन सक्यो भने ऊ विश्वमा बिक्छ र उसले हरेक चुनौती स्वीकार्न सक्छ, भन्छन् कुलपति कर्माचार्य ।
मुहार चित्रमा एकाग्रताको जरुरत पर्छ । आर्टमा राम्रै दख्खल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्छ । पश्चिमा कलाकारमा राम्रो दख्खल छ । विगतमा नेपालमा परम्परागत थियो अलिअली आकार मिलेपछि हुन्थ्यो । अब त्यसरी पुग्दैन । पश्चिमा शैलीको विकाससँग यसले नयाँ चरण पार गरेको छ । ठ्याक्कै ‘क्यारेक्टर’ झल्केन भने मुहार चित्र हुन्न । जीवन्त चित्र बनाउन सकिएन भने मुहार चित्रको महत्व रहँदैन । त्यसमाथि लाईभ बनाउनु अर्को चुनौती हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार