ठेकेदारको लापरबाहीले विद्युत् आयोजना अलपत्र
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १९:२३:३८
७ फागुन काठमाडौं । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ ।
सवस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताए। आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । फर्सालले भने, “ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।”
विद्युत् भार कटौती मुक्त जिल्लाका रुपमा रहेको प्यूठानमा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सवस्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख जयनन्द बोगटीले बताए । विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्न विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् । ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन ।
१४ करोडको काम हुने
यसै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत रु १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख बोगटीले बताए । प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका काम गर्ने उनको भनाइ छ ।
यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँमा अर्को आर्थिक वर्षमा काम गरि जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उनले बताए । आगामि आवमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङका सबै ठाउँ, नौ बहिनी २ खवाङका केही ठाउँमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरि सुविधा लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार