पुटिनद्वारा प्रमुख रणनीतिकार बर्खास्त
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १९:५९:३१
७ फागुन एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो।
पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा पनि सुर्कोफलाई हेरिन्थ्यो। सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए, तर पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो।
पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट पारेको छैन। क्रेम्लिनको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा पनि सुर्कोफलाई बर्खास्त गर्नुको कुनै सङ्केत गरिएको छैन।
व्यापक शक्ति भएको बेला एउटा समय थियो जब पर्दा पछाडि रहने भ्लादिस्लाफ सुर्कोफको भूमिकाविना रुसको राजनीतिमा केही हुँदैनथ्यो। डुमामा राजनीतिक दलहरू तथा सडकमा पुटिन समर्थक युवा समूहहरूमाथि उनको नियन्त्रण हुन्थ्यो। क्रेम्लिनका नीतिहरूप्रति विरोध जनाउने कलाकारहरूलाई उनले सहयोग गरे।
राजनीतिक विपक्षीहरूमाथि पनि उनले नियन्त्रण राखेको कतिपयको आशङ्का छ। सन् २०११-१२ मा पुटिन शासनको विरोधमा भएका प्रदर्शनका क्रममा पहिलो पटक उनले समर्थन गुमाए। सडकहरूमा भएका प्रदर्शनमाथि नियन्त्रण कायम गर्न नसकेकोमा धेरैले त्यसलाई उनको असफलताको रूपमा अर्थ्याए। त्यसभन्दा अझ नराम्रो भन्नुपर्दा त्यसलाई घातको रूपमा हेरियो।
पछि पूर्वी युक्रेनमा रुसी आक्रमणलाई सफलतापूर्व अघि बढाएपछि उनी पुनः उदाए। तर अब उनको त्यो शक्ति पनि गयो।तर सुर्कोफलाई पदबाट बर्खास्त गरिएको यो पहिलो घटना चाहिँ होइन। यो अन्तिम नहुन पनि सक्छ।
को हुन् सुर्कोफ ?
क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई हेरे जसले पुटिनलाई जित दिलायो। तर सन् २०११ मा उपप्रधानमन्त्री बनाइएपछि उनको प्रभाव कम हुन थाल्यो।
सन् २०१३ मा उनलाई रुसको युक्रेन सँगको सम्बन्ध तथा सोभियत सङ्घबाट छुट्टिएका देशहरू सँगको सम्बन्ध हेर्ने जिम्मेवारी दिइयो। सन् २०१४ मा मस्कोले युक्रेनको दक्षिणी क्राइमिआ प्रायःद्वीपलाई रुसमा गाभ्यो र पूर्वी युक्रेनमा रुसीभाषी पृथकतावादीहरूलाई समर्थन गर्यो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार