अब ब्रिटेनले सिप नभएको कामदारलाई भिसा नदिने
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २०:५:४०
७ फागुन एजेन्सी । ब्रिटिश सरकारले सार्वजनिक गरेको नयाँ आप्रवसन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ। उक्त योजनामा ब्रिटेनका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ।
डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ। प्रतिपक्षी लेबर पार्टीले भने यस्तो ‘असहज वातावरण’ले कामदारहरूलाई आकर्षण गर्न गार्हो हुने बताएको छ। तर गृहमन्त्री प्रिती पटेलले भने नयाँ व्यवस्थाले यूकेमा प्रतिभाशाली र उत्कृष्टहरू भने आउन सक्ने बताएकी छन्।
ब्रिटेन आउने आप्रवासीको सङ्ख्या घटाउन चाहेको ब्रिटिश सरकारले आप्रवान व्यवस्थामा अङ्क प्रणाली लागु गर्न चाहेको छ। यस अन्तर्गत यूके आउन चाहने विदेशी नागरिकहरूले अङ्ग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सिपयुक्त जागीरको प्रस्ताव गरेको हुनुपर्ने छ। त्यस्तो मापदण्ड भित्र पर्ने विदेशी कामदारले ५० अङ्कले प्राप्त गर्नेछन्।
यूकेमा काम गर्न कम्तीमा ७० अङ्क प्राप्त गर्नुपर्ने छ। तर सरकारले कम सिप भएका कामदारहरू ल्याउने बाटो नखोल्ने बताउँदै व्यवसायहरूलाई उपलब्ध कामदारमा भर पर्न भनेको छ। अहिले ३२ लाख युरोपेली नागरिकहरूले यूकेमा काम गरिरहन निवेदन दिएका छन्। सरकारले मौसमी कृषि कामदारहरूको सङ्ख्या बढाएर १०,००० र युवा लक्षित आवतजावत योजना अन्तर्गत प्रत्येक वर्ष २०,००० युवा यूके आउन दिने बताएको छ।
नयाँ योजना अन्तर्गत कुनै पनि आप्रवासी कामदारहरूले स्थायी रूपमा यूकेमा बस्न पाउने अनुमति नपाएसम्म अन्य आयसँगसम्बन्धित सरकारी सहुलियत प्राप्त गर्न सक्ने छैनन्। त्यस्तो अनुमति प्राप्त गर्न कामदारहरूका हकमा सामान्यतया पाँच वर्ष लाग्छ। नयाँ योजना अन्तर्गत यूके आउनसक्ने सिप भएका कामदारहरूको सङ्ख्यामा सिमा भने तोकिने छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
बैशाख ३१, २०८१ सोमबार
आज तोलामा तीन सयले घट्यो सुनको मूल्य
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार