खोकनालाई पुरानै स्वरुपमा फर्काइने
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार ४:१५:२९
११ फागुन ललितपुर । यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा रु एक करोड कारोवार भई आज समापन भएको छ । ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताए।
सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएको आफूले पाएको जानकारी दिए । सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राखे ।
सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गरे ।
महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए । काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार