मंगलबार , कार्तिक ४, २०७७

विवाहको कार्ड यस्तो, विवाहपछिको सम्बन्ध होला कस्तो ?

विवाहको कार्ड यस्तो, विवाहपछिको सम्बन्ध होला कस्तो ?

कुसुम विश्वकर्मा

म पत्रकार, मेरो काम पत्रकारिता गर्ने अथवा समाजमा भए गरेका सही सत्य समाचार सुसुचित हेतु प्रकाशित गर्ने र आमपाठक समक्ष पुर्याउने । पेशा नै यही हो । यही पेशा विगतदेखि निरन्तर चल्दै आईरहेको छ, सायद जीवनपर्यन्त चल्छ होला । पत्रकारिता गर्ने सानैदेखिको यो रहरले आज केही गर्नुपर्छ अघि बढ्नुपर्छ भन्ने बाटोमा ल्याइपुर्याएको छ । काम गर्दै जादाँ धेरै कुराहरु अग्रज व्यक्तिहरुबाट सिक्न पाएकी छु र त आज यहाँसम्म आइपुगेकी छु ।

अब आज कुरा गरौं मंसिर र माघ महिनाको । कार्यालयमा म एक्लै थिए त्यो दिन । एकजना परिचित व्यक्ति अफिस आउनु भयो अनि सुन्नुस त यो कार्ड सरलाई दिनुहोला हैं भनेर जानु भयो । फेरि अर्को दिन त्यस्तै कार्ड आयो अहिले यो कार्ड रिसीप गर्दा भने सबैजना संगै थियौं कार्यालयमा ।

अनि न्यूजरुममा समाचारका लागि गतिशिल औलालाई किर्बोडमा दौडाईरहनु पर्छ भन्दै प्रधानसम्पादक सरले त अझ कार्ड नै यस्तो छ विवाह कस्तो होला भन्नु भयो ।विवाहको त्यो कार्डको बिषयमा कार्यालयमा धेरै बहस भयो ।

करिब १० देखि १५ दिनको बीचमा यस्तै कार्डहरुले भरिएको थियो प्रधानसम्पादकको न्यूजरुमको सानो टेबल । मैले त्यो टेबलमा भएको निम्ताे कार्डलाई ओल्टाइपल्टाई गरेर निकैबेर हेरे अनि बल्ल थाहा भयो, त्यो विवाहको निम्ताे कार्ड रहेछ । सुनौलो मेटलको लामो बुट्टेदार डन्डीजस्तो, बिर्को खोलेर हेर्दा भित्र कागज अनि त्यसमा विवाहको पत्र भेटियो जहाँ विवाहको विवरण लेखिएको थियो ।

कार्यालयमा सबैजना संगै भएकाले राम, भूपराज, तुलसी लगायतका साथीहरूले ‘यसलाई कति पर्याे होला ? भन्ने प्रश्न गरे । भूपराजले त अझै विवाहका कार्ड पनि कस्ताकस्ता आउन थाले हैं भने, अनि न्यूजरुममा समाचारका लागि गतिशिल औलालाई किर्बोडमा दौडाईरहनु पर्छ भन्दै प्रधानसम्पादक सरले त अझ कार्ड नै यस्तो छ विवाह कस्तो होला भन्नु भयो ।विवाहको त्यो कार्डको बिषयमा कार्यालयमा धेरै बहस भयो । अनि मैले सबैको कुरा सुनेपछि भने अँ साच्चै यस्तो निम्ताे कार्ड बाँडेर गरिएको विवाह टुट्यो भने के होला ? मलाई रङ्गीचङ्गी विवाहको त्यो कार्ड भन्दा पनि मनमा अनेक तर्क–वितर्क खेल्न थाले । अहिले यत्तिका तामझम गरेर बाँडिएको कार्डबाट भएको विवाहले भोली ती जोडीको जीवनमा के अर्थ राख्छ होला ?

मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ ।आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ ।

तेसो त विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ ।आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् ।

यता पछिल्लो समय ठूलो खर्च गरेर अभिभावकले आफ्ना सन्तानको विवाह गर्ने परिपाटी बढिरहेको छ । पहिले भन्दा अहिले विवाहमा गरिने खर्च घट्नु पर्ने हो, समयक्रममा यस्तो खर्चालु प्रवृत्ति घट्ला भन्ने ठानिएको थियो तर यो झन ह्वातै बढेको छ । हिजो कम्युनिष्टहरुले पार्टीमार्फत कुरा छिनेर मञ्चमा मुट्ठी उठाई एक चिम्टी सिन्दुर र एउटा साधारण मालाले आफ्नो जनवादी विवाह गरेका कतिपय कामरेडहरूले नै अहिले सयौँको सङ्ख्यामा मान्छे बोलाएर भोजभतेर गर्न थालेका छन् ।

अझै भनौ हाम्रो संस्कार नै यस्ता छन् कुरै नगरौं । देशकै प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा तेह्रथुमको आठराईस्थित पुर्ख्यौली थलोमा हजारौँको संख्यामा स्थानीय बासिन्दा, शुभचिन्तक र कार्यकताको भीडमा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटेपछि यसले सामाजिक रितिरिवाजका संस्कारमा खर्च घटाउला कि बढाउला ? यो पनि बहसको बिषय बनेको छ । यता प्रधानमन्त्री ओली नेपालको नक्सा भएको केक जन्मदिनमा काटेपछि सामाजिक सञ्जालमा यो समाचार भाइरल भएको छ । विशेषगरी यसबीचमा मुलुकमा जे–जस्ता परिवर्तनहरू भए तिनलाई हेर्दा हाम्रा कतिपय सांस्कृतिक परम्पराहरूमा परिमार्जन हुनुपर्ने थियो । तर, हरेक राजनीतिक परिवर्तनले सांस्कृतिक परिवर्तन भने ल्याउन सकेन ।

यद्यपि, मुलुक र समाज परिवर्तनको जिम्मेवारी सबैको बराबरी भएकाले यो कुनै वर्ग, समुदाय या राजनीतिक आस्था राख्ने व्यक्तित्वहरूको मात्रै जिम्मेवारी भने होइन । हामी जो जहाँ छौँ, हामी सबैको कर्तव्य हो, जिम्मेवारी हो । तपाई पनि कहिलेकाँही पुस्तक विमोचन, अन्तरक्रिया कार्यक्रम हुन् कि कसैको विवाह छुट्याउनै मुस्किल पर्ने गरी आयोजना गरिने यस्ता भोजभतेरले के हुन्छ ? के सन्देश दिन्छ ? भनेर सोच्नु भएको छ । यदि सोच्नु भएको छ भने तपाई सही हुनुहुन्छ तर तपाईले खासै चित्तबुझ्दो वा अर्थपूर्ण सन्देश चाँही भेटाउनु हुने छैन ।

विवाहका लागि पहिलाजस्तो घर, थर, आफन्त, कुल–खान्दान हेरेर, सोधीखोजी गरेर लामो प्रक्रियामा जानैपर्दैन । सामाजिक सञ्जालबाटै भेट भएकाहरू बीच पनि धमाधम विवाह हुन थालेका छन् । छोटो प्रक्रियाबाट भएका विवाहका चुनौतीहरू पनि त्यत्तिकै जटिल र समस्याग्रस्त हुने गरेका छन् ।

अन्यथा नसोच्नु होला, मैले हाम्रा उत्सव मनाउन हुन्न भनेको चाँही होइन । विवाह, ब्रतबन्ध, पास्नीजस्ता कुरा मानिसका नितान्त पारिवारिक र आफ्नो वरिपरिका मानिसहरूबीच मनाइने सांस्कृतिक उत्सव पो हुन् । कुनैपनि व्यक्तिको खुशीमा परिवारका सदस्य, नातेदार, आफन्त र निकटवर्तीहरू जम्मा भएर खुशी साट्नु स्वाभाविक हुन्छ । फेरि समाजमा भैपरी आउने दुःखमा पनि सहयोग चाहिने उनीहरूकै हो । तर, हामीकहाँ दिनप्रतिदिन विवाहका भोजहरू पनि सार्वजनिक व्यक्तित्वहरूले भरिभराउ हुन थालेका छन् ।

तेसो त विवाह पहिलाजस्तो सहज छैन र पहिलाजस्तो असहज पनि छैन । सहज यस अर्थमा छैन कि विवाहहरू टुट्ने क्रममा बृद्धि भइरहेको छ । असहज यस अर्थमा छैन कि विवाहका लागि पहिलाजस्तो घर, थर, आफन्त, कुल–खान्दान हेरेर, सोधीखोजी गरेर लामो प्रक्रियामा जानैपर्दैन । सामाजिक सञ्जालबाटै भेट भएकाहरू बीच पनि धमाधम विवाह हुन थालेका छन् । छोटो प्रक्रियाबाट भएका विवाहका चुनौतीहरू पनि त्यत्तिकै जटिल र समस्याग्रस्त हुने गरेका छन् ।

सम्झौता हाे, ‘यस्तै त हो‘ , सबैको उस्तै देख्छु‘ , को पो खुशी छन् र ? यत्तिका वर्ष बितिसक्यो‘ अर्को मान्छे राम्रो पर्छ भन्ने के ग्यारेन्टी छ र, होइन बुढेसकालमा त साथी चाहिन्छ‘ यस्तैयस्तै सोचेर टुट्न लागेका वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हामी वरिपरि धेरै छन् ।

यता पछिल्लो समयलाई केलाएर हेर्ने हो भने विवाहपछि धेरै प्रेम–सम्बन्धहरू सम्बन्धहिन बन्न पनि पुगेका छन् । प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाह आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित रहेका उदाहरण तपाई हाम्रो समाजमा प्रशस्त छन् ।

सन्तानको भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको संख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ ।विवाहलाई सामान्यतया पति–पत्नीबीचको सम्झौता मानिन्छ । सम्झौता हाे, ‘यस्तै त हो‘ , सबैको उस्तै देख्छु‘ , को पो खुशी छन् र ? यत्तिका वर्ष बितिसक्यो‘ अर्को मान्छे राम्रो पर्छ भन्ने के ग्यारेन्टी छ र, होइन बुढेसकालमा त साथी चाहिन्छ‘ यस्तैयस्तै सोचेर टुट्न लागेका वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हामी वरिपरि धेरै छन् । एक–अर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबैभन्दा सुन्दर पक्ष हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कांग्रेसको नेतृत्व कसले गर्ला ? कांग्रेसको नेतृत्व कसले गर्ला ? ६ दिन पहिले
आज थपिए २६३८ संक्रमित, काठमाडौंमा १४०३ लाई संक्रमण आज थपिए २६३८ संक्रमित, काठमाडौंमा १४०३ लाई संक्रमण ६ दिन पहिले
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन ५ दिन पहिले
पतञ्जलिद्वारा आग्रीडाँडाका २३ घरपरिवारलाई खाद्यान्न उपलब्ध पतञ्जलिद्वारा आग्रीडाँडाका २३ घरपरिवारलाई खाद्यान्न उपलब्ध २ दिन पहिले
अब दशैंपछि बामदेवविरुद्धको मुद्दाको संवैधानिक इजलास तोकिने अब दशैंपछि बामदेवविरुद्धको मुद्दाको संवैधानिक इजलास तोकिने ६ दिन पहिले
दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी ५ दिन पहिले
कांग्रेस नेताको एउटै स्वर ‘दशैंभत्ता दिएर सांसदलाई बदनाम गरायो, सरकार संक्रमित भयो’ कांग्रेस नेताको एउटै स्वर ‘दशैंभत्ता दिएर सांसदलाई बदनाम गरायो, सरकार संक्रमित भयो’ १ दिन पहिले
सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु ५ दिन पहिले