अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्दै
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १९:५१:१३
१५ फाल्गुण, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले पाँच÷छ जना आउने गरेको यस पदमार्गमा गर्मी शुरुपछि पर्यटक बढे्का हुन् ।
केही दिनबाट पर्यटक बढ्न थाले पनि यस पदमार्गका होटल व्यवसायी भने खुशी छैनन् । गत वर्ष यही मौसममा यो भन्दा दोब्बर पर्यटक आएको र यस वर्ष कोरोना भाइरसले पर्यटक कम आउँदा व्यवसाय विगतका वर्षमा झैँ हुन नसकेको होटल व्यवसायी पञ्चबहादुर गुरुङले बताए । यतिबेला विस्तारै आयआर्जन बढ्न थालेको छ । केही समयअघि सम्म ५÷१० हजार रुपैयाँ कमाउन नसकेका होटल व्यवसायीले यतिबेला ४० हजारदेखि ६० हजारसम्म आम्दानी गरिरहेको होटेल व्यवसायीको भनाइ थियो ।
त्यस्तै मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने, “अब पर्यटकको मौसम शुरु भयो, पर्यटक बढ्न थाले, विगतका वर्ष जसरी अहिले व्यापार नभए पनि चिसोको मौसमभन्दा राम्रो हुन थालेको छ ।” चिसोले बन्द भएका यहाँका बन्द होटल विस्तारै सञ्चालन भइरहेको उनको भनाइ थियो ।
यतिबेला पदमार्गमा दैनिक कम्तीमा ५० जनाभन्दा बढी आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका इञ्चार्ज सोमी गुरुङले बताए । उनले भने, “यो वर्षकै सबैभन्दा धेरै बुधबार ५९ पर्यटक आए । भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ”, विस्तारै पर्यटक बढ्न थालेको उनको भनाइ थियो । अहिले पर्यटक सबैभन्दा धेरै जर्मनीबाट आएको एक्याप धारापानीले जनाएको छ ।
एक्याप धारापानीका अनुसार सन् २०१९ मा २७ हजारभन्दा बढी पर्यटक यस पदमार्गमा आएका थिए । अन्नपूर्ण पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ, र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार