गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:५७:५०
१५ फागुन एजेन्सी । साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले प्रस्तावित कानुनमाथि विशेषाधिकार ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बुकिलीले यो कानुनले “सत्य, क्षतिपूर्ति र न्याय” को सिद्धान्तको प्रत्याभूति नगर्ने दाबी गरेका छन् । सङ्क्रमणकालीन न्याय, पुनस्र्थापना तथा राष्ट्रिय मेलमिलापसम्बन्धी उक्त विशेष कानूनलाई कङ्गेसका ८४ सदस्यमध्ये ४४ जनाले अनुमोदन गरेका थिए । सर्वोच्च अदालतले युद्धपछिको माफीलाई असंवैधानिक घोषणा गरेको थियो । सर्वोच्चकै आदेशमा कङ्ग्रेसले यही फेब्रुअरी २८ तारिखभित्र नयाँ कानुन निर्माण गर्नुपर्ने थियो ।
यो कानून जनवरी १, १९८० देखि जनवरी १६, १९९२ सम्मको सशस्त्र द्वन्द्वको क्रममा “अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता र युद्ध अपराध” गर्ने कुनै पनि व्यक्तिमाथि लागू हुनेछ । तर डेमोक्र्याटिक चेन्ज पार्टी ‘सीडी’ का सभासद् हुँवा जोजे मार्टेलले प्रस्तावित कानुनमा दाँत नभएको भन्दै यो “नक्कली मेलमिलाप कानून” हो भने ।
नागरिक समाज संघसंस्थाहरुले पनि प्रस्तावित कानुनप्रति असहमति जनाएका छन् । उनीहरुको भनाईमा यसले न्यायाधीशहरुलाई युद्ध अपराध वा मानवता विरुद्धको अपराधको अभियोग लगाएको व्यक्तिको सजाय घटाउने शक्ति दिएको छ । न्यायाधीश समक्ष आरोपित व्यक्तिले अपराधमा संलग्न रहेको रहेपनि पीडितसँग क्षमा मागेमा न्यायाधीशले माफी दिन सक्ने व्यवस्था कानुनमा गरिएको छ । “यो व्यवस्थाले त चाहिएको न्याय नै नपाइने देखाउँछ, र यो दण्डहीनता हो” पूर्व मानवअधिकार अधिवक्ता डेभिड मोरालेसले भने ।
विपक्षी दक्षिणपन्थी राष्ट्रवादी रिपब्लिकन एलायन्स ९एआरइएनए० का जुलियो फेबियानले प्रस्तावित कानूनको बचाउ गर्दै भने, “मानवअधिकार उल्लङ्घनका पीडितहरूले भने न्याय पाउनु आवश्यक छ ।” साल्भाडोरको गृहयुद्धमा ७५ हजारभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै ७ हजारभन्दा बढी मानिस बेपत्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार