पर्यटकको पर्खाइमा ‘च्याङ्ग्रे पोखरी’
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २२:५३:२१
१५ फागुन, भोजपुर । च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारको रुपमा विस्तार भएको छ । च्याङ्ग्रेबजारसँगै जोडिएर आउने नाम हो ‘च्याङ्ग्रे पोखरी’ । सिङ्गो गाउँपालिकाकै प्रमुख आकर्षण थप्ने यो पोखरी जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।
पर्यटकीय सम्भावना बोकेको भोजपुरको पर्यटकीय गन्तव्य ‘च्याङ्ग्रे पोखरी’ ओझेलमा परेको छ । पूर्वी पौवादुङमा गाउँपालिकामा अवस्थित यो पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकको आगमन वृद्धि भए पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।
परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीय कथन छ । पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन् । स्थानीय चन्द्रबहादुर खत्रीले भने, “यो एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो, तर प्रचार नहुँदा छायाँमा परेको छ ।”
च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै हो यो पोखरी । विश्राम गर्ने, घुम्न, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीको पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । स्थानीय लीला सुनारले भने, “यो यस क्षेत्रको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो, यहाँ विभिन्न समयमा मेला लाग्छ, पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिन्छ, यसको संरक्षण गर्न सके आर्थिक उपार्जनमा टेवा पुग्ने थियो ।”
पोखरीको प्रवद्र्धनका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितको योजना बनाएको छ । पोखरीलाई विशेष आकर्षण दिन गाउँपालिकाले पर्खाल उठाउने, आसपासका बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्ने, कुलो र ढल निकास गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईले भने, “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ, बृहत्तर विकासका लागि डिपिआरअनुसार काम गर्ने तयारी भइरहेको छ, केही मात्रा संरक्षणको काम गरिसकेका छौ ।”
त्यस्तै गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुण डाँडाको विकासका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस स्थानको पनि डिपिआर तयार भइसकेकाले केही समयपछि काम शुरु हुने गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन् । अध्यक्ष राईले भने, “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौ, तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ, त्यसैले प्रदेश र केन्द्र सरकारसँग सहयोगका लागि पहल गरिरहेको छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार