फाडो खान जाऔँ : सुदूरपश्चिम खाना महोत्सव
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २०:३५:५८
१६ फागुन कैलाली । होटल व्यवसायी सङ्घ कैलालीले आयोजना गरेको ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव’मा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा आगन्तुक हर्षित भएका छन् । सुदूरपश्चिमका मौलिक खानाका परिकारको स्वाद चाख्न पाउँदा पाहुँना हर्षित भएका हुन् ।
बुधबारदेखि धनगढीेमा जारी खाना महोत्सव विश्व नेपाली साहित्य महोत्सव भइरहँदा त्यसमा सहभागी हुन देशका विभिन्न स्थान तथा देश बाहिरबाट आएकाले स्थानीय खानालाई निकै चाखपूर्वक मन पराइरहेको होटल व्यवसायी सङ्घका सचिव आभेष चन्दले जानकारी दिए। उनीहरुले पहिलो पटक यहाँका परम्परागत खाना स्वादिष्ट लागेको प्रतिक्रिया दिएको सचिव चन्दको भनाइ छ । महोत्सवमा पाहुनाले यहाँका स्थानीय खानाका परिकारमा गतानी डुब्का, रोटी, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अण्डीभातलगायतका परिकारको स्वाद लिइरहेका छन् ।
दैनिकरुपमा करिब एक हजार लिटरको भाडोमा फाडो पाकिरहेको छ । फाडो सुदूरपश्चिमको मौलिक खानाको परिकार हो । फाडोलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर यसलाई ग्राहकले खाने परिकारको रुपमा विकास गर्न दैनिक फाडो पाकिरहेको बताइएको छ ।
यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहनुभएका ‘ग्लोवल नेप्लिज सेफ फेडरेसन’का केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारीलगायतको टोलीले फाडोलाई व्यवसायीकरणका लागि काम गरिरहनुभएको छ । ठूला तारे होटेल तथा रेष्टुराँमा यसलाई समावेश गर्न त्यसका लागि आवश्यक पर्ने थप सामान राखेर पनि त्यसको चेकजाँच भइरहेको छ । “फाडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर त्यसमा प्रतिक्रिया आओस् भनेर दैनिकरुपमा ग्राहकलाई फाडो खुवाइरहेका छौँ”, अध्यक्ष भण्डारीले भने, “ढिडो आज आएर महँगो मूल्यमा बिक्री भइरहेको छ भने यहाँको स्थानीय खाना फाडो किन हुँदैन त ।”
यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहनुभएको भण्डारीलगायत उहाँको टोलीले यहाँका स्थानीय खानाका परिकार पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको ‘वारविक्यु’ बनाउनेलगायतका फरक र नयाँ कार्य पनि खाना महोत्सवमा गरिरहनुभएको छ ।
रैथाने खानाका पारखीदेखि आयातीत खाना खान चाहनेका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष कलम बमले बताएका छन् । “प्रदेशका नौवटै जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ”, अध्यक्ष बमले भन्नुभयो, “संस्कार र संस्कृति जोगाउन खाना महोत्सव शुरु गरेका हौ ।”
यहाँ सञ्चालित ‘विश्व नेपाली साहित्य महोत्सव’सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिरहेको आयोजकको भनाइ छ । परम्परागत खानपानका परिकार मानव स्वास्थका लागि निकै नै लाभदायक, प्राङ्गारिक तथा विषादीरहित छन् भनेर प्रचारप्रसार गर्नु, स्थानीयस्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने बानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य रहेको बताइएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारको विविध सांस्कृतिक कार्यक्रम पनि रहनेछन् भने विभिन्न प्रतियोगिता पनि आयोजना गरिन्छन् ।
प्लाष्टिकजन्य वस्तु निषेध
खाना महोत्सवमा प्लाष्टिकजन्य वस्तु निषेध गरिएको छ । वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारलाई दुना, टपरी र बोहतामा दिइने व्यवस्था मिलाइएको छ । यसले प्रदूषण न्यूनीकरण गर्न मद्दत पुग्नुका साथै स्थानीयस्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ भन्ने उद्देश्यले प्लाष्टिकजन्य वस्तु निषेध गरिएको आयोजकको भनाइ छ ।
प्रचारप्रसार
खाना महोत्सव सँगसँगै एउटै मैदानमा सुदूरपश्चिमञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव आयोजना भइरहेकाले सुदूरपश्चिमको परम्परागत खानपान, रहनसहन, वेषभूषा, संस्कार र संस्कृतिको सहजरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलम बमले बताए ।
अध्यक्ष बमका अनुसार साहित्य महोत्सवमा आमन्त्रित पाहुनाले प्रदेशका सम्पूर्ण जिल्ला र विभिन्न जातजातिका परम्परागत खानाका परिकारको स्वाद लिने र वेषभूषा, संस्कार र संस्कृति अवलोकन गर्न मिल्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिइरहेका छन् । महोत्सवको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहन सहन, वेषभूषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार