पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ?
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार १:५५:२३
१९ फागुन काठमाडौं । कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ। तर यो व्याप्त हचुवाको भरमा गरिएको धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्।
पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय सन्दर्भमा स्वास्थ्य र सफाइमा आधारित छन् तर कैयौँका लागि यो समान अधिकारको विषय पनि हो। हाम्रो मृगौलाले रगतबाट फोहोर छानेर पिसाब उत्पादन गर्छ। त्यसपछि यो पिसाबथैलीमा जम्मा हुन्छ । पिसाबथैलीमा पिसाब जम्मा हुन सक्ने भएकाले नै हामी शौचालय जाने चिन्ता धेरै नगरीकन आफ्ना दैनिक काम गर्न सक्छौँ र रातमा निदाउन सक्छौँ।
पिसाबथैलीको क्षमता ३००/६०० मिलिलिटरको हुन्छ। त्यो जब दुई तिहाइ भरिन्छ हामी त्यो खाली गर्न चाहन्छौँ। पिसाबथैली सम्पूर्ण रूपमा खाली गर्न स्वस्थ्य स्नायु नियन्त्रण प्रणाली चाहिन्छ जसले हामीलाई शौचालय जान आवश्यक भएपछि जनाउ दिन्छ र यदि तत्काल जान सकेनौँ भने पिसाब रोकेर बस्न पनि सक्छ। हामी जब सहज अवस्थामा हुन्छौँ, पिसाब थैली वरपरको मांसपेशी खुकुलो हुन जान्छ। त्यसपछि थैली खुम्चिन्छ जुन प्रक्रियामा पिसाब बाहिर निस्कन्छ।
स्वस्थ्य व्यक्तिले पिसाब फेर्न बल गर्नुपर्दैन। तर कहिलेकाहीँ पुरुषहरूमा पिसाब फेर्न अस्थायी रूपमा या स्थायी रूपमा बल लगाउनुपर्ने अवस्था आउन सक्छ। वैज्ञानिक प्रकाशन पीएलओएस वानले गरको एक अध्ययन अनुसार प्रोस्टेट बढेका मानिसहरू जसले पिसाब फेर्न गाह्रो बनाउँछ उनीहरूलाई बसेर पिसाब फेरे फाइदा हुन सक्छ बीबीसी प्रकाशित समाचारमा भनिएको छ ।
यो अध्ययनमा स्वस्थ्य पुरुषहरू र प्रोस्टेट लक्षण भएका पुरुषहरूबीच तुलना गरिएको थियो। प्रोस्टेट लक्षण भएका मानिसहरूमा बसेर पिसाब फेर्दा पैदा हुने एक प्रकारको दबाबले पिसाब फेर्न सजिलो हुने र छिटो हुने पाइएको थियो। तर स्वस्थ्य मानिसमा उठेर या बसेर जसरी पिसाब फेरेपनि कुनै फरक नपर्ने अध्ययनले देखाएको छ।
कहाँनेर पिसाब पार्ने भन्ने सिकाउन केही युनिनलहरूमा किराजस्तो आकृति टाँसिएको हुन्छ । यूकेमा न्याशनल हेल्थ सर्भिस एनएचएसले पिसाब फेर्न समस्या भएका पुरुषहरूलाई आरामदायी र शान्त स्थलमा बसेर पिसाब फेर्न सुझाव दिएको छ।तपाईँले बसेर पिसाब फेर्ने पुरुषहरू प्रोस्टेट क्यान्सरबाट बच्न सक्ने र उनीहरूको यौन जीवनमा पनि सुधार आउने कतिपय कथा सुन्नु भएको होला तर त्यो पुष्टि भएको वा प्रमाणित भएको छैन।
जब एकजना स्थानीय राजनीतिकर्मी शहरका सार्वजनिक शौचालयका अवस्थाबाट दिक्क भए उनले पुरुषहरूलाई अलि विचारशील हुन आग्रह गरे। समाचार जनाइ अनुसार कतिपय ठाउँमा पुरुषहरूले बसेर पिसाब फेरुन् भन्ने सङ्केत राखिएका छन्।
सन् २०१५ मा अदालतमा एउटा मुद्दा परेको थियो। त्यसमा शौचालयको मार्बलको भुइँ पिसाबका कारण बिग्रिएको भन्दै क्षतिपूर्ति मागिएको थियो। तर न्यायाधीशले पुरुषहरूले उठेर पिसाब गर्ने तरिका सांस्कृतिक परम्परा बमोजिमकै रहेको भन्दै ‘अझ पनि धेरैले उठेर पिसाब फेर्ने गरेको बताएका थिए।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार