शनिबार , जेठ १, २०७८

आज देशभर सामान्य बदली, हिमाली भूभागमा हल्का हिमपात

आज देशभर सामान्य बदली, हिमाली भूभागमा हल्का हिमपात

२३ फागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले बिहान पनि देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले उल्लेख गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २ गते (आइतबार)

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय