शनिबार , जेठ १, २०७८

छिट्टै काममा फर्कने छु : प्रम ओली

छिट्टै काममा फर्कने छु : प्रम ओली

२३ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भएको बताएका छन् । आज बिहान पहिलोपटक चिकित्सक भन्दा बाहिरी मानिससँगको भेटमा उनले आफ्ना कुरा राखेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल आज बिहान स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका रिमालले ट्वीट गर्दै भनेका छन् –प्रधानमन्त्रीको स्वास्थ्यमा तीव्र सुधार आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साथै, प्रधानमन्त्री ओलीले आफूलाई भनेको उधृत गर्दै रिमालले लेखेका छन् – “साथीहरुलाई भन्दिनुहोस् , मेरो स्वास्थ्यमा तीव्र सुधार आएको छ ।” साथै छिट्टै नै आफू काममा फर्कने सन्देश समेत प्रधानमन्त्रीले दिनु भएको छ ।

प्रधानमन्त्री ओलीको गत बुधबार राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय