ललिता निवास जग्गा मुछिएका ७४ जनाविरुद्ध १५ दिने म्याद जारी
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार १२:५१:५८
२४ फागुन काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ७४ जनाविरुद्ध १५ दिने म्याद जारी गरिएको छ । विशेष अदालत काठमाडौंले शुक्रवार अख्तियारले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको हो ।
म्याद जारी गरिएका मध्ये कांग्रेस उपसभापति तथा पूर्वमन्त्री समेत रहेका विजयकुमार गच्छदार पनि छन् । अख्तियारले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो । त्यस्तै अन्यमा पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायतलाई उपस्थितिका लागि म्याद जारी गरिएको छ ।
यसैगरी मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा तथा शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, लगायत पनि रहेका छन् । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्यितारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीमध्ये ११० जनालाई कैद सजाय र बिगो माग दाबी तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।
शुक्रवार अदालतले अख्तियारले आरोपपत्र दायर गर्दा क्रम संख्या १ देखि ४५ सम्मका व्यक्तिलाई र क्रम संख्या ११० देखि १४० सम्मका व्यक्तिलाई म्याद जारी गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार