हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार १३:५७:६
२४ फागुन एजेन्सी । माध्यमिक शिक्षा केन्द्रीय समिति (सीबीएसई) को शुक्रबार सञ्चालन भएको परीक्षामा हिंसा प्रभावित उत्तर–पूर्वी नयाँ दिल्लीका प्राय सबै विद्यार्थीले परीक्षामा सम्मिलित भएका छन् ।
सीबीएसईका अनुसार परीक्षामा हिंसा प्रभावित क्षेत्रबाट पनि ९८ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका छन् । “उत्तर–पूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् जसलाई हिंसाग्रस्त क्षेत्रमा पनि उत्साहजनक सहभागिताको रूपमा हेरिएको छ,” सीबीएसईले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
“शुक्रबार भएको राजनीतिशास्त्र कक्षा १२ को परीक्षाका लागि एक लाख ९९ हजार ७६३ परीक्षार्थी रहेका छन् भने दिल्ली र विदेशमा गरी यसका लागि दुई हजार ६९८ केन्द्रको व्यवस्था गरिएको छ,” समितिले जनाएको छ । “त्यस्तै शुक्रबार नै भएको सीबीएसईको कक्षा १० को परीक्षा पनि विभिन्न ६० केन्द्रमा परीक्षा शान्ति पूर्णरूपमा सञ्चालन भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
उत्तर–पूर्वी दिल्लीमा नागरिकता कानूनलाई लिएर भएका प्रदर्शन र झडपमा ५३ जनाको मृत्यु भएको थियो भने कम्तीमा २०० जना गम्भीर घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार