राउटेलाई भत्ता
नेपालबहस संवाददाता
चैत २, २०७६ सोमबार ०:२३:२०
२ चैत, काठमाडौं । ‘आफूलाई जङ्गलका राजा’ ठान्ने एक मात्र घुमन्ते जाति राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पश्चिम नेपालमा विभिन्न जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शनिबार दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली र वडा नं ८ का अध्यक्ष पूर्णबहादुर ओलीले भत्ता वितरण गरेका हुन् ।
उनीहरु हाल बस्दै आएको स्थान वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा गई राउटे समुदायका ४६ घरपरिवारलाई भत्ता वितरण गरिएको अध्यक्ष ओलीले बताए । “छयालीस घरपरिवारका १५१ जना सदस्यलाई मासिक रु तीन हजारका दरले भत्ता वितरण गरिएको हो”, उनले भने, “तीन महिनाको प्रतिव्यक्ति रु नौ हजारका दरले वितरण गरियो ।” समुदायका सबै सदस्यलाई समान तरिकाले भत्ता वितरण गर्ने गरिएको छ । राउटे गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएकाले उनीहरु जहाँ गए पनि गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरेको छ । उनीहरुलाई गत वर्ष मात्र गाउँपालिकाले स्थायी परिचयपत्र दिएको थियो । गाउँपालिका–८ मा बस्दै आएका उनीहरु हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार