काठमाडौँवासीको मेलम्ची आउँदैन भन्ने भ्रम तोडियो
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार ०:४४:५६
३ चैत, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखिएको छ ।
यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य वर्षायामपछि सफल हुने आयोजनाले जनाएको छ । वैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्यः टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्न अहिले आयोजना लागिरहेको छ ।
हालसम्म हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत र साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत सम्पन्न भएको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिएका छन् ।
हाल सिन्धु ग्यालथुम खण्डमा निर्माण शुरु भएको छ र २०७६ असार १५ सम्ममा तीनवटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख मेलम्ची आयोजनाको सुरुङ मार्गको परीक्षणका लागि आज खानेपानीमन्त्री बीना मगर, मेलम्ची विकास समितिका पदाधिकारीको उपस्थितिमा मेलम्चीको हेडबक्र्सबाट सुरुङमार्गको परीक्षण गरिएको छ ।
मन्त्री मगरले भने, “लामो प्रतीक्षा, अन्योल र पछिल्लो चरणमा हामीले गरेको महेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । अब कुनै कारणले पनि आयोजना रोकिँदैन । तोकिएकै समयमा काठमाडौँवासीले मेलम्चीको पानी पिउन पाउँछन् । अब मेलम्ची आउँदैन भन्ने भ्रम तोडियो ।”
सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका काम पनि गरिरहेको छ । यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनकरुपमा अघि बढिरहेका छन् ।
मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएकामध्ये हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडान सप्लाइको काम १०० प्रतिशत, गेटको काम सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार