नेपालमा पनि सेमी लकडाउन, आम जनता आतंकित !
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ३:५३:९
५ चैत, काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोराना भाइरस ‘कोभिड १९’ ले विश्वव्यापी महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले युरोप र पूर्वी एशियाका देशहरु बढी जोखिमयुक्त क्षेत्रमा सुचीकृत गरेपछि जनमानसमा एकप्रकारको आतंक सिर्जना हुन पुगेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन आग्रह लगायतका १५ बुँदे निर्णय गरेसँगै बिहीबारबाट हुने माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ समेत स्थगित भएको छ । बुधबार साँझ बसेको नेकपाको सचिवालय बैठकले सरकारलाई परीक्षा स्थगित गर्न सुझाव दिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोविड-१९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिले सो निर्णय गरेको हो ।
समितिकाे बैठकपछि गरिएकाे ‘एसईई’ स्थगनकाे थप निर्णयले आम नागरिक भने आतंकित भएका छन् । तर सरकारले हामीले यसकारण यो निर्णय गरेका हौ भनेर भनेको छैन ? हामीले यो समाचार तयार पार्दासम्म नेपालमा ७ जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारको उच्चस्तरीय समितिले एक्कासी मानिसहरूको भीडभाड हुनसक्ने ठाउँहरूमा अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको बताइएकाे छ ।
समाचार स्राेतका अनुसार भाइरसको संक्रमण नेपालमा रहेका नागरिकलाई भएको हो ? या बाहिरबाट आउने पर्यटकलाई हो ? भन्ने बारेमा भने खुलाइएको छैन । र यो आधिकारी रुपमा पनि पुष्टि भएको छैन । यदि त्यसाे हाेइन भने सरकारले एसईईको संघारमा आएर एक्कासी सेमी लकडाउन गर्नुपर्ने कारण के हाे बताएकाे छैन् । यता सरकारले नेपालमा हालसम्म करिब पाँचसय जनामा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको बताएको छ । परीक्षण गरिएका सबैमा सङ्क्रमण नभएपनि सर्तकता अपनाउन सरकारले अनुराेध गरेकाे छ ।
उता विश्व स्वास्थ्य संगठनले मंगलबार राती मात्र नेपाललाई हरियो सूचीमा राखेको थियाे । कारण हो, नेपालमा कोरोना देखा परेका एकजना बिरामी निको भएको र अन्य नेपालीमा कोरोना देखा नपर्नु । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ले नेपाललाई हरियो सूचीमा राखेको २४ घण्टा नबित्दै नेपाल सरकारले सेमी लकडाउन गर्नुलाई आर्श्चय मानिएकाे छ ।
यसअघि आज दिउँसोसम्म पनि साे समितिले एसइई परीक्षा पूर्वनिर्धारित मितिमै अर्थात भोलीदेखि सञ्चालन हुने दाबी गर्दै आएको थियाे । सरकारले अन्तिम समयमा परीक्षा स्थगित गर्ने निर्णय गर्नु निकै दुखद भएको भन्दै अहिले सामाजिक सञ्जालहरुमा सरकारकाे व्यापक आलोचना भइरहेको छ । हजारौँ विद्यार्थीहरु परीक्षा केन्द्र नजिक डेरा खोजेर बसिसकेका बेला अन्तिम समयमा यस्तो निर्णय आउनु शिक्षा जगतकै लागि दुखद पक्ष बनेको बर्दियामा एसईई परीक्षाको तयारीमा रहेका श्री जनन्योति उच्च माविका छात्र खगेन्द्र मल्लले बताए ।
तेसो त ढिलै भएपनि कोरोना भाइरससँग जुझ्न सरकारले कडा कदम लिएको भन्दै प्रशंसा भइरहेको थियो । तर अचानक अवेर साँझ मात्रै भोलिदेखि सुरु हुने एसइईको परीक्षा स्थगित गरेपछि सरकारको आलोचना बढेको हो । सरकारको यो अदुरदर्शी अडान र पछिल्लो निर्णयले आम विद्यार्थी र अभिभावकलाई परेको मर्काको क्षतिपूर्तिको हिसाब अब कसले तिर्छ रु अनि ती रातदिन नभनी परीक्षाको तयारीमा रहेका विद्यार्थीको दिमागले कस्तो शिक्षा पाउछ सरकार ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार