भीडभाड हुन नदिन ट्राफिक टोली परिचालन
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १९:४९:५०
७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित आजबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए ।
सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न अनुरोधसहितको अभियान शुरु गरिएको ढकालले बताए । उक्त अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा २०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकउपर दिँदै आएको सचेतना कक्ष भने स्थगन गरेको जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।
सार्वजनिक सवारीसाधनमा स्यानेटाइजर छर्केर मात्रै सञ्चालन गर्न तथा सिट क्षमताभन्दा बढी यात्रु राखेर नचलाउनसमेत चालकलाई प्रहरीले अनुरोध गरेको छ । सोअनुसार भए नभएको अनुगमनका लागिसमेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार