बाहुबली सिमेण्टले बाड्यो स्यानीटाइजर र मास्क
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २३:२३:४७
९ चैत्र, काठमाडौं । बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.नेपालमा अत्यधिक क्षमतायुक्त सिमेण्ट उत्पादक हो, जसले प्रत्येक दिन दुईहजार टनसम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जालमार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ ।
हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाकमुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टल्स् प्रा.लि.को सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको अभिभारा बहन गरेको छ ।
कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतम जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरुलाई हातधुने स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भीडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।
“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिन हामी कहिल्यै पछि पर्ने छैनौ ।” बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भनेका छन् । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।
बालाजी सिमेण्ट इण्डष्ट्रिजको बारेमा :
यस कम्पनीको कारखाना चन्द्रौटा, कपिलवस्तुमा रहेको छ । कारखानाले प्रत्येक दिन दुईहजार टनसम्म सिमेण्ट उत्पादन गर्ने क्षमता राख्दछ । देशैभर व्यापक बिक्री सञ्जाल भएको हुँदा सिमेण्टको उपलब्धता सहज र सुलभ छ । कम्पनीले अत्याधुनिक प्रविधि भीआरएम प्रविधिको प्रयोग गरेर सिमेण्ट उत्पादन गर्ने गरेको छ । बालाजी सिमेण्टको उत्पादन बाहुबली सिमेण्ट ओपीसी, पीपीसी र पीएससी गरी ३ विविधतामा पाइन्छ, जसको माग उपभोक्ताहरु माझ अधिक रहँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार