पत्रपत्रिका र पर्यटकीय क्षेत्र बन्द
नेपालबहस संवाददाता
चैत ११, २०७६ बुधबार ०:४:३२
११ चैत्र, डोटी । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम सरकारले लक डाउन घोषणा गरेसँगै जिल्लाबाट प्रकाशन हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द भएका छन् ।
पत्रिका प्रकाशनमा कागजको अभाव र छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आह्वान गरिएको नेपाल पत्रकार महासङ्घ डोटीका सचिव गणेश मौनीले जानकारी दिए । पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न सचिव मौनीले सबै पत्रकारलाई अनुरोध गरेका छन् । त्यस्तै रेडियोमा काम गर्नेले माइक्रोफोनमा बोल्दाखेरि मुखबाट निस्किएका थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफूतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने सञ्चारकर्मी पनि जोखिममा पर्न सक्ने भएकाले टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न महासङ्घ डोटीले सबैमा अनुरोध गरेको छ ।
त्यसैगरी जिल्लामा रहेका प्रमुख पर्यटकीय क्षेत्र खप्तड, बडीमालिका, कडीकेदारथानलगायत क्षेत्रमा जानसमेत निषेध गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको खप्तड पर्यटन क्षेत्र विकास समितिले जनाएको छ । पछिल्लो समय खप्तडलगायत यहाँका प्रमुख पर्यटकीय स्थलहरुमा परिवारसहित जाने पर्यटकको संङ्ख्या बढ्न थालेपछि सम्भावित सङ्क्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको हो । केही समय पहिलेदेखि खप्तड क्षेत्रमा गएका पर्यटकलाई पनि लकडाउनको अवधिभरि खप्तडमै बस्न आग्रह गरिएको पर्यटन व्यवसायी तथा डोटी उद्योग बाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार