टेलिकमले रिचार्ज बराबर बोनस रकम दिने तर ऋण सापटीमा भने अटेरी
Advertisement

११ चैत्र, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकको सुविधाका लागि विशेष व्यवस्था गर्न सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणको आज बसेको बैठकले सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले गर्ने रिचार्ज बराबर बोनस र दुई सय रुपैयाँसम्म सापटी दिन निर्देशन दिएको हो ।

सरकारले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न आजदेखि साताव्यापी लकडाउन गरेकाले ग्राहक बाहिर निस्केर रिचार्ज गर्न असमर्थ हुने भएकाले यस्तो व्यवस्था गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । मुलुकमा अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रबाट सञ्चालित एनसेल तथा स्मार्ट टेलिकमले सेवा प्रदान गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– मुलुक लकडाउनमा रहेका बेला ग्राहकले बजारमा गएर रिचार्ज कार्ड किन्न सहज नभएकाले यस्तो सुविधा उपलव्ध गराउन सेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरिएको छ ।

Advertisement

तर सेवा प्रदायक कम्पनीहरुले भने उक्त निर्देशन कहिलेबाट कार्यान्वयन गर्ने भनेर स्पष्ट गरेका छैनन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्