कोभिड–१९ ध्यानमा राख्दै अदालतले गर्यो कैदी रिहाइको फैसला
Advertisement

१२ चैत, तनहुँ । जिल्ला कारागारमा रहेका ६ कैदीले छुट्नका लागि निवेदन दिएका छन् । कोभिड–१९ लाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदी रिहाइ गर्न सकिने फैसला भएअनुरुप उनीहरुले जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

कारागारमा रिहाइ गर्न मिल्ने एक वर्ष वा एक वर्षभन्दा कम कैद सजाय भएका सातमध्ये छ जना कैदवापतको रकम बुझाएर रिहाइ हुन मञ्जुर भएका छन् भने एक जना कैदीले भने रकम बुझाउन नसक्ने बताएपछि सोहीअनुरुप ६जनाको निवेदन जिल्ला अदालतमा पठाइएको जिल्ला काराागरका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यसरी रिहाइ हुन सक्ने कैदीले बाँकी कैद अवधिको दिनको रु तीन सयका दरले हुन आउने रकम बुझाउनुपर्ने प्रावधान छ । उनले भने, “अदालतबाट फैसला भई कैदवापतको रकम बुझाएर छाडिदिन आदेश दिएपछि मात्रै हामीले रिहाइ गर्न सक्छौँ ।”

Advertisement

६ मध्ये दुई जना बाह्य जिल्लाका भएकाले उनीहरुको बाह्य अदालतबाट र चार जनाको तनहुँ जिल्लाबाट फैसला हुनुपर्ने छ । विशेष प्रकृतिका कैदीमा सवारी ज्यान मुद्दाका चार तथा ठगी, लागुऔषध र बहुविवाहका एक एक रहे पनि बहुविवाह मुद्दाका व्यक्तिले कैदवापतको रकम बुझाउन नसक्ने भएका हुन् ।

मुलुकी फौजदारी कार्यसंहिता २०७४ को दफा १५५ को व्यवस्थानुरुप कैदीले निवेदन पेश गरेकाले निवेदनमाथि कारवाही प्रक्रिया अघि बढिरहेको जिल्ला अदालतका नासु कृष्णप्रसाद गौतमले जानकारी दिएका छन् । उनीहरुको तथ्यप्रमाण, शान्ति स्थितिमा खलल पु¥याउने खालको गतिविधिलगायत हेरेर मात्रै जिल्ला न्यायधीशले फैसला गर्ने भएकाले प्रक्रियामा रहेको उनले बताएका छन् ।

Advertisement
अघिल्लो लेखकोराना संक्रमणको आशंकामा एक जना आइसोलेशन भर्ना
अर्को लेखसर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्