आदेशको अवज्ञा गर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रण
Advertisement

१२ चैत्र, जनकपुरधाम । सरकारद्वारा जारी लकडाउनको आदेश पालना नगर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकलको सबैभन्दा अधिक रहेको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकल ७२, अटोरिक्सा १, ट्रयाक्टर २ रहेका छन् । आदेशको अवज्ञा गर्ने २६ जना मानिसलाई पक्राउ समेत गरिएको जनाइएको छ ।

पहिलो दिनभन्दा आज आदेशको अवज्ञा गर्ने सावरीसाधनको संख्यामा कमी आए पनि मानिसको संख्यामा वृद्धि भएको देखिएको छ । पहिलो दिन ३६९ सवारीसाधनलाई नियन्त्रण र ८ जनालाई पक्राउ गरिएको थियो ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्