सङ्क्रमणबाट जोगिन निःशुल्क मास्क र औषधि वितरण
Advertisement

१३ चैत, काठमाडौं । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो ।

वडा नं ८ मा एक हजार, वडा नं ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । “देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौँ”, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताएका छन् ।

मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताएका छन् । त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ । बजारमा मास्कको सङ्कट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताएका छन् ।

Advertisement

नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ । वडा नं ५ र सो वडाभित्रका स्वास्थ्य संस्थामा मास्क र औषधि वितरण गरिने नगरपालिकाले जनाएको छ ।

Advertisement
अघिल्लो लेखकोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द, बिरामीलाई असहज
अर्को लेखनिर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्